नवीन प्रा.वि. को कथा


2021-08-21 03:35:14

News Image

न्हुछेभक्त कवां
२०२१ सालमा मुलुकमा भूमिसुधार लागू भयो । बाली बुझाउँदा तलसिङसित किसानले भर्पाइ माग्नुपर्ने भयो । तर त्यसवेला गोल्मढीमा भर्पाइ लेख्न जान्ने किसान कोही थिएनन् । २०२४ – २५ सालमा मेरो दाजु नाती कवांले बल्ल भर्पाइ लेख्न सिके । त्यसपछि किसाहरुलाई तलसिङगवाट भर्पाइ लिन सजिलो भयो ।
किसान परिवारले शिक्षाको महत्व अलिअलि त बुझिसकेका थिए तर उनीहरु आफ्ना छोरा–छोरीलाई विद्यालयमा पढाउन सक्ने अवस्थामा थिएनन् । त्यही भएर नाति कवाँले टोलका युवालाई आफ्नै घरमा बेलुका एक टाइम प्रौढ कक्षा सञ्चालन गरी पढाउन शुरु गरिसकेका थिए । लगभग एक दशकसम्म उनको घरको चोतामा त्यस्तो कक्षा सञ्चालन भयो ।
त्यसैवेला मलगायत टोलका केही युवाहरुले एस्.एल.सी. पास ग¥यौ । हामी उत्तीर्ण हुनुमा उनको विशेष योगदान थियो । यसैदौरान हामी चालै नपाइकन नेपाल कम्युनिष्ट पार्टीका साधारण सदस्य पनि भयौं । हामी बेलुका–वेलुका उनको घरमा अनेकथरी छलफल गर्न पुगिरहन्थ्यौं । चीन सचित्र, सोभियतभूमि पत्रिकालगायतका पत्र–पत्रिका र पुस्तिका पनि सोभियत वाचनालय र चिनीया वाचनालयवाट पढ्ने गर्ने थाल्यौ । त्यही बेला हो, नाति र हामीले गोल्मढीमा एउटा विद्यालय खोल्न पाए टोलका भाइ बहिनीलाई शिक्षितदिक्षीत बनाउन सजिलो हुने सपना देख्न थाल्यौं । त्यसको अगुवाई नाति कवांले नै गर्न थाले ।
समय बित्दै गयो । हामीले गाईजात्रामा गाइने गीत र पर्दावाल नाटक देखाएर नगरमा जनताको साँस्कृतिकस्तर उठाउने काम गर्न लाग्यौ । बर्षाैंसम्म त्यो क्रम जारी रहयो । २०३६ सालमा मुलुकमा विद्यार्थी आन्दोलन चर्कियो । त्यसैवाट जनमत संग्रह घोषणा भयो । नेपाल मजदुर किसान संगठनले त्यसलाई दवूको रुपमा प्रयोग गर्ने नीति लियो । हामी सक्रिय भएर त्यसमा लाग्यौं । त्यसको जिल्लास्तरीय नेतृत्व कर्णप्रसाद ह्योजूले गरेका थिए ।
२०३८ सालमा वालिक मताधिकारको आधारमा आम निर्वाचन भयो । त्यसमा पार्टी संगठनकोतर्फवाट कर्णप्रसाद ह्योजू उम्मेदवार भए । टोलछिमेकका सबै साथीहरुले दिलोज्यानले उनको पक्षमा चुनावप्रचार प्रसारमा सघाए । संयोगवस चुनावमा कर्णप्रसाद ह्योजूले नै जिते पनि ।
२०३३ सालदेखि उनीसँगै म आदर्श आजाद प्रा.वि. मा शिक्षक भई काम गर्दे थियौं । त्यहाँ उनी प्र.अ. र म शिक्षक थिएँ । मैले उनलाई पार्टीको र विद्यालयको काम सघाउँदै आइरहेको थिएँ । किन हो कुन्नि, उनको मप्रति अलिकता झुकाव थियो ।
राष्ट्रिय पञ्चायत सदस्य भएपछि उनलाई विभिन्न कार्यक्रमहरुमा गइरहनुपर्ने भयो । उनले प्रायः मलाई साथै लिएर हिड्थे । म उनको लगभग पिए जस्तै भएँ । त्यसवेला अहिले जस्तो फोन, मोवाइल केही थिएन । कुनै कुरा कसैलाई भन्नुपर्दा भेटेरैं भन्नुपथ्र्याे । त्यस्तो कुरा भन्न, सुनाउन वा खबर पु¥याउन उनी मलाई नै खटाउँथे, अह्राउँथे ।
२०३९ सालमा स्थानीय निर्वाचन भयो । भक्तपुर नगरमा पनि साथीहरुले नै जिते । ज्ञानवहादुर न्याईच्वाई प्रधानपञ्च भए । १७ वडामध्ये १५ वडामा हाम्रा साथीहरु नै वडाध्यक्ष भए ।
रापसको नाताले कर्ण ह्योजूले सहुलियतको एउटा फोन पाएँ । पहिले फोन गर्नु परे दरवार स्क्वायरको सार्वजनिक वुथमा वा दमकलमा गएर गर्नुपथ्र्याे । त्यो सुविधा उनको घरमै आइपुग्यो ।
कर्ण ह्योजू रापस भएपछि उनको सिफारिसमा धेरैले व्यक्तिगत मौका छोपे । मैले उनीसित गोल्मढीमा विद्यालयको कोटा लिई दिनुप¥यो भनेर पटकपटक अनुरोध गरें । उनले मेरो कुरा एक कानले सुन्ने अर्काे कानले उडाउने जस्तो गरे ।
एकदिन म काठमाडौं जान निस्केको थिएँ । टिबुक्छेंमैं उनीसित जम्काभेट भयो । आफू काठमाडौं जान लागेको कुरा बताएपछि उनले टेलिफोनको बिल तिरेर ल्याउनु भनेर मलाई कार्ड थमाइदिए । चारसय रुपैया तिरेर ल्याएँ । उनले मलाई त्यो रकम फर्काएनन् ।
एकदिन उनी आदर्श आजादमा आएर मलाई काठमाडौं हिंड्न भने । मैले उनलाई भनें – “काठमाडौंमा जानुपर्ने मेरो कुनै काम छैन । हामी दुईजना जाँदा तँपाइको मात्र काम बन्ने । मलाई केही न केही, हात लाग्यो शून्य हुन्छ । त्यसैले म आउन्न ।”
अनि उनले सोधे – “त्यसोभए तिम्रो के काम गरिदिनु प¥यो मैले ?” गोल्मढीमा एउटा प्रा.वि. को कोटा ल्याईदिनु प¥यो भनेर कराइरहेको कति भयो ? कानमा बतास लागेको होइन । टोलका भाइहरुले बर्षाैंदेखि स्कूल खोलेर पढाइरहेका छन् । त्यसलाई कोटामा पार्नुप¥यो । तँपाईंसित हिडेर मेरो टोलको त्यति पनि काम भएन भने मेरो हिडाइको के मतलव रहयो र ?
अनि उनले भने “लौ आज ठीक समयमा सम्झायौं तिमीले । यसपालि भक्तपुर जिल्लामा चारवटा प्रा.वि. को कोटा थपिएको छ । दुईटा हामी ल्याउँछौं । दुईवटा जिविस सभापतिलाई छाड्छु । लौ त्यसो हो भने अहिले नंै एउटा निवेदन लेखी हाल्नु भनेर मलाई अह्राए ।
मैले गोल्मढी टोलको ओरालोमा निजी प्रयासले चलिरहेको नवीन प्रा.वि. लाई सरकारी कोटा पाउँ भनेर उतिखेरी नै लेखिहालें । त्यस्तै व्यहोराको अर्काे निवेदनमा अकिलबहादुर शाहीको दस्तखत गराएर तालाको टोलमा कोपिला प्रा.वि. लाई कोटा पाउँ भनेर माग गरेको अर्काे निवेदन पनि तयार गरें ।
त्यसपछि हामी काठमाडौ लाग्यौं । शुरुमा हामी सिंहदरवार छि¥यौं । त्यहाँ उनले हाजिर जनाए । त्यहाँबाट हामी शिक्षा मन्त्रालय गयौं । शिक्षा मन्त्रालय त्यसवेला सेन्ट्रल जेल अगाडिको दरवारमा थियो । शिक्षा राज्यमन्त्री चाहिँ केशरवहादुर विष्ट थिए ।
हामी मन्त्रीको कोठामा पस्यौ । शुरुमा भलाकुसारी भयो । केही राजनीतिक छलफल भयो । यतिकैमा चिया पनि आइपुग्यो । चियाको चुस्की लिदै ह्योजूले मलाई इशारा गरे खोई, त्यो निवेदन निकाल ।
मैले निवेदन उनलाई दिएँ । निवेदन तेर्साउँदै उनले भने, लौ मन्त्रीज्यू, दुईवटा प्रा.वि. को कोटा दिलाई दिनुप¥यो ।
मन्त्रीले आफ्नो सचिवलाई बोलाएर साधे, भक्तपुर जिल्लालाई कतिवटा प्रा.विको कोटा छुट्याएको छ ? उनले फाइल पल्टाउँदै भने चारवटा छन् हजुर ।
तपाईलाइृ दुईवटा दिएपछि जिल्ला सभापतिलाई पनि दिनुपर्ला नि, मन्त्रीले भने ।
दिनुपर्छ उहाँलाई पनि । दुई वटा मलाई दिनु । दुईवटा उहाँलाई पार्नुस्, भइहाल्यो नि । ह्योजूले ट्वाक्क टुक्क मिलाएर जवाफ दिए ।
जिल्लामा दुइवटा पठाउँछु । त्यहाँ माननीयज्यूले कचकच नगरोस । त्यो सभापतिज्यूलाइ नै वितरण गर्न दिनुस् । त्यसो गरेनन् भने मलाई अवगाल आउला, मन्त्रीले भने ।
बोलेपछि बचन फेर्दिन मन्त्रीजू ढुक्क हुनुस् । मैले जिल्लामा अर्काे दावी गर्ने छैन ।
लौ त्यसो भए मैले तोक लगाईदिएँ भन्दै निवेदनमा तोक आदेश लगाई दिए । सचिवलाई भने – लौ, त्यसको पत्र पनि बनाई दिइहाल्नुस् । सचिवले टिपणी लेखेर टाइप गर्ने कर्मचारीलाई पत्र ठमाई दिए । एकछिन हामी गफ गर्दै चिया पिउँदै बस्यौ । पत्र तयार गरेर मन्त्रीको टेबुलमा आइपुग्यो । उनले त्यसमा स्वीकृत गरेर सहीछाप लगाइदिए । यसरी मैले मेरो नाउँमा नवीन प्रा.वि. र अकिलवहादुर शाहीको नाउँमा कोपिला प्रा.वि. स्वीकृत गरेर ल्याए ।
त्यो विद्यालय गलसीपुखु दाफा भजनको सञ्चालन हुने सत्तलमा बुद्धिराम दुवाल, रत्नभक्त दण्डेख्या र विष्णुप्रसाद कवांले स्वयमसेवक भएर सञ्चालन गर्दै आइरहेका थिए । प्रा.वि. स्वीकृत भएपछि एकजना शिक्षकको दरवन्दी आउने भयो । अव त्यसमा तीनजनामध्ये कसलाई राख्ने भन्ने विषयमा हामी सेलका साथीहरु नाति कवां, लक्ष्मीभक्त, विष्णुभक्त, लक्ष्मण जोशी र मलगायतका साथीहरुवीच छलफल ग¥यौं । केही दिनपछि ह्योजूले मलाई भने – “त्यो दरवन्दीमा घीरेन्द्रमान विजुक्छेलाई राख्नुपर्छ है ।”
टोलका साथीभाइहरुले बर्षाैं स्वयमसेवक भएर काम गरिरहेको ठाउँमा उनीहरुलाई दरवन्दीमा नराखी कुनै योगदान नगरेका धीरेन्द्रमान विजुक्छेँलाई ल्याउँदा उनीहरुले चित्त दुखाउलान् कि ? मैले भने ।
“उनीहरु तिम्रो टोलका भाइहरु भएकाले तिमीले मिलाउनु !” उनले आदेश नै दिए ।
त्यसपछि मैले पुनः साथीहरुको भेला डाकेर त्यसवारे छलफल गरे । त्यसवारे मैले भने– “धीरेन्द्रमान बिजुक्छेँ दाइका भाइ हुन् । उनी अहिले त्रिशुलीमा अध्यापन गरिरहेका छन् । उनी अनुभवी, मिहेनति र तालिमप्राप्त शिक्षक पनि हुन् । यसपालिको कोटामा उनलाई नै राख्दा विद्यालयलाई राम्रो हुन्छ भने कर्णदाईको सल्लाह रह्यो । त्यसैले यो पटकको कोटा उनलाई नै राखौ । कोटामा उनी रहे पनि उनको तलववाट केही रकम तिमीहरुले पाउने छन् । अर्काेबर्ष तिमीहरु तीनजनामध्ये एकजनाले कोटा पाउनेछौं । त्यसमा पनि कोटा जसले पाए पनि तीनजनाले तलव बाँडेर लिनू । एवम्रितले बर्षेनी एक एकजनाको दरवन्दी बढ्दै जानेछ । तीनबर्षमा तीनै जनाले पाउनेछौं । त्यसपछि मात्रै अरुलाई राख्ने हो । त्यसमा पनि तिमीहरुले भनेकै व्यक्तिलाई राख्ने । घीरेन्द्रमानलाई प्र.अ. बनाएर काम गरायौ भने तिमीहरुले पनि शिक्षण सिकाइमा तालिम पाउने नै छौ । त्यसले गर्दा विद्यालय र तिमीहरु सबैलाई फाइदा नै पुग्ला ।” मैले भनेको कुरा सवैले माने । धीरेन्द्रमान विजुक्छें प्र.अ. भए ।
जर्मन प्रोजेक्टका मेनजर उत्तमरत्न धाख्वाले प्रोजेक्टको काम छाडे । एकदिन उनको विदाइ गर्ने भनेर हामीले आदर्श आजादमा एउटा सानो कार्यक्रम राख्यौं । त्यसमा प्रोजेक्टका का.मु मेनेजर लक्ष्मण राजभण्डारी, बदनलाल न्याछोँलगायत तीनचार जना कर्मचारी, कर्ण ह्योजू र विद्यालयका हामी छ सात जना शिक्षकले खाजा खाने कार्यक्रम बनायौं ।
खाजा खाँदै हामीबीच प्रोजेक्ट, विद्यालय र राष्ट्रिय पञ्चायतमा भएका गतिविधिबारे अन्तरङ्ग छलफल हुन थाल्यो । त्यसै सन्दर्भमा उत्तमरत्न धाख्वाले ह्योजूसित भने – “हामीले भक्तपुर विकास गर्न भनेर धेरै काम ग¥यौं । तर हामीले भक्तपुरेको जस भने पाएनौं । हाम्रो छबि पनि राम्रो बनेन । हामी नकारात्मक छवि पो बन्यो । किन त्यसो भयो ? तँपाई त जनप्रतिनीधि हुनुहुन्छ । यसबारे तँपाइको कस्तो सोच अथवा अनुभव छ ?”
कर्ण ह्योजूले भने – प्रोजेक्टले राम्रो मनसाय राखेर काम गरेका हुन् तर त्यसमा स्थानीय जनताको सहभागिता रहेन । तपाईहरु दाता मालिक र स्थानीय उपभोक्ता याचक वा दास जस्तौ भए । तपाईहरुले मन्दिर बनाउन शुरु गर्नुभयो । आफ्नै रुचि र सिद्धान्त अनुसार गर्नुभयो । स्थानीय जनताले त्यसमा अनावश्यक तवरले गरेको ठाने । त्यसमा एकदिनको काम तीनदिनमा पनि सम्पन्न भएन । भक्तपुरमा कुनै काम ढिला भयो भने जर्मन प्रोजेक्टको काम जस्तो भन्ने उखान नै बन्यो ।
त्यसो किन भयो भने सबै काम माथिवाट लाद्डा सानो काम गर्न पनि तपाइहरुकै मुख ताक्ने प्रवृत्ति बढ्यो । केही गरी आफ्नै सोच राखी ज्यामी वा नाइकेको स्वविवेकले काम गर्दा तपाईहरुले भत्काउन लगाइ दो¥याएर काम गर्न थाल्नुभयो । त्यही भएर उनीहरुले आफ्नो सोचविचारले काम नै गरेनन् । काम पनि सुस्त भयो । आफू पन्छिएर बस्ने प्रवृत्ति बन्यो । मैले बुझेको कुरा यही हो ।
यसलाई चिर्ने हो भने तपाइहरुले यसमा केही सुधार गर्नपर्छ । तपाईहरुले कुनै वडामा के गर्ने योजना छ त्यसवारे स्थानीय जनतालाई जानकारी गराउनुस् । त्यो ठाउँमा ढल बनाउने, बाटो बनाउने कार्यक्रम बनाएपछि त्यहीका मान्छेलाई उपभोक्ता समिति बनाएर प्रोजेक्टमा सम्पर्क गर्न लगाउने । त्यसमा प्रोजेक्टको बजेटको सिमा अनुसार यति काम गर्ने भनेर सम्झौता गराएर काम गराउँदा काम पनि छिटो हुन्छ । काम प्रोजेक्टको होइन आफ्नै ठान्ने भावना पनि बिकसित भएर जाला । यसो गर्दा प्रोजेक्ट जनतासित जोडिन्छ । सबै क्रियाशील हुन्छ । प्रोजेक्टप्रतिको अहिलेको धारणामा परिवर्तन हुदै जान्छ । परिणाम राम्रो निस्कन्छ ।
“ओहो, यो त धेरै राम्रो कुरा गर्नुभयो” धाख्वाले भने । उनले फेरि थपे– अव हाम्रा साथीहरु लक्ष्मण राजभण्डारी र बदनलालजीले कर्णदाइ कै सल्लाह अनुसार काम गर्ने छन् । त्यसमा कुनै समस्या आए तँपाईंले उहाँहरुलाई मलाई जस्तै सहयोग गर्नु हुनेछ भन्ने मैले ठूलो भरोशा राख्दैछु । त्यसो गर्दा कसो होला भन्दै उनले आफ्ना साथीहरुसित सोधे ।
राम्रो,धेरै राम्रो, लक्ष्मण राजभण्डारीले भने । उनले फेरि सोधे – अव हामीले के कस्तो काम गर्नुपर्ला ?
“त्यसवारे साथीहरुसित सरसल्लाह गरी बताउँला” ह्योजूले भने । ठूलावडाको सामुन्ने म जस्ताले के मुख फोर्नु भनेर कक्रक्क सुनिमात्र रहेको थिएँ । डराईडराई मैले पनि मुख फोरेँ । अहिलेसम्म प्रोजेक्टले ढल खन्यो, बाटो बनायो, मठमन्दिर बनायो । ती सबै पहिले नै भएका मात्र बन्यो थप ढल त बन्यो, तर त्यो बाटोमुनि आँखा नपर्नेमा प¥यो । गरेका कुनै काम बाहिर देखिएनन् । अव प्रोजेक्टले देखिने एउटा दुईटा काम गर्नुप¥यो । त्यति भनी म रोकिएँ । मलाई अरु कुरा भन्न थकथक लाग्यो ।
“भन्भन् यो छलफल त हो नि भन्दा साथ गर्नै पर्ने त होइन, छलफल अनेक कोणवाट गर्नुपर्छ । राख आफ्नो कुरा राख” – कर्णले भने ।  
अनि फेरि मै थपे नगरमा सञ्चालित प्रायः सबै प्रा.वि., नि.मा.वि तहका विद्यालयहरुका भवन छैनन् । सबै पाटी वा सत्तलमा सञ्चालित छन् । ती विद्यालयहरुको लागि प्रोजेक्टले केही आर्थिक सहयोग ग¥यो भने दर्जनौं विद्यालयको भवनहरु बन्छन् । उपभोक्ताहरुले पनि आफ्नो टोलमा स्कूल भवन बनाउन पाइने भनेर हौसिएर काम गर्छन् । त्यसो भए तन र मनको सन्तुलित मिलन भए झैं प्रोजेक्ट र जनतावीचको सम्बन्ध न्यानो र सद्भावपूर्ण हुन्छ ।
मेरो कुरामा पनि उत्तमरत्न धाख्वाले सकारात्मक प्रतिक्रिया दिए । उनले भने – हो, मलाई यो कुरा पनि अति चित्त बुझ्यो । गर्नपर्ने यस्तै काम हो । लौ लक्ष्मणजी, यी कुराहरुलाइृ नोटगरी राख्नुस् । पछिलाई काम लाग्ला ।
केही दिनपछि कर्ण ह्योजू र मैले टोलटोलका साथीहरुलाई स्कूल भवन बनाउन आर्थिक सहयोगको निवेदन लेखेर प्रोजेक्टमा पु¥याउन सल्लाह दियौं । नगरका अठार वटा प्रा.वि. ले निवेदन दिए । एक बर्षपछि उनीहरुले ५० देखि ८० हजारसम्म आर्थिक सहयोग अनुदान प्राप्त गरे ।
नवीन प्रा.वि. ले पनि असी हजार रुपैया आर्थिक सहयोग पाउने भयो । मैरै संयोजकत्वमा स्कूल भवन बनाउने समिति पनि गठन भयो ।
याता टोलमा भवन बनाउन नपासित जग्गा पाउन स्वीकृति माग्यौं । नक्सा कोर्न त्यहाँ नापजाँच गर्दा स्थानीयले विरोध गर्न थाले । धान, खुर्सानी, सुकाउनुपर्ने ठाउँमा स्कूल बनाउन हुन्न भन्ने उनीहरुको तर्क थियो । मैले मनाउन खोजें । उनीहरु उत्तेजनामा आए । मलाई अनिेक गाली गर्न थाले । म चूप लागें ।
त्यसपछि हामीले समितिमा छलफल ग¥यौं । मैले वडाअध्यक्ष विष्णुभक्तलाई त्यही ठाउँमा नगरपालिकाका कर्मचारी ल्याएर चर्पी वनाउने भनेर एकचोटी नापनक्सा गर्न लगाउने विषयमा छलफल  गरे । उनले पनि नपा कर्मचारी ल्याएर त्यहीँ ठाउँमा चर्पी बनाउने भनेर नापनक्सा गर्न लगाए । अनि त्यहीका साथीहरु आएर मलाई भन्न आज नपाले स्कूल भवन बनाउने भनेको ठाउँमा चर्पी बनाउने भयो । चर्पी भन्दा त स्कूल नै बनाउनुपर्छ । चर्पी त त्यहाँ बनाउन दिन्नौं । लौ हामी सबै गएर त्यसको विरोध गर्नुप¥यो ।
अन्ततः टोलमा बैठक राखेर चर्पीको विरोध गरे विद्यालय भवन बनाउने भनेर निर्णय ग¥यौं । यसरी बल्ल विद्यालय भवन बन्ने भयो । एकदिन टोलका गन्यमान्य एव जेष्ठ नागरिक हरिभक्त सुकुपायो र रापस कर्ण ह्योजूद्धारा संयुक्त रुपमा यातामा नविन प्रा.वि. को शिल्यान्यास पनि भयो ।
टोलका सवै साथीहरुको सक्रिय सहयोग र सल्लाहमा नवीन प्रा.वि. को ६ कोठाको एकतल्ले भवन बन्यो । स्थानीय विकास मन्त्रालयवाट १० वण्डल कर्कटपाता पनि सहयोग प्राप्त भयो ।
प्र.अ. धीरेन्द्रमान विजुक्छे नि.मा.वि. तहमा प्रमोशन भएर सरुवा भई गएपछि विश्वराम कवां विद्यालयका प्र.अ. भए । उनले पनि सककै मिहेनत गरेर अर्काे एकतल्ला थपे । उनको पालामा तल्लामात्र थपिएन प्रा.वि. वाट एक तह माथि निमाविमा विद्यालय उक्ल्यो पनि । हाल यो भवन तीनतले छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *