जंगली जनवारले गुण्डुका किसानलाई पारयो मर्का
भदौ ४, २०७८, शुक्रबार | दिउँसो ०२:०७ बजे | 40
सरिता तामाङ
भक्तपुर । जंगली जनवार (बदेलले) सूर्यबिनायक नगरपलिका वडा न ७ गुण्डुका किसानहरुको खेतिपाती तहसनहस पारेको छ । बर्षभरि पुग्ने अन्न कलिलै दुधे मकै मध्यान्ह रातको समयमा आएर बदेलले सबै खाइदिएको छ ।
खेतिपाती गर्दा पनि जंगली जनवरले गर्न नदिएपछि कसरी जीवन चलाउने ?भनी किसानहरु चिन्तित छन् । जङ्ग्ली जनवारलाई मार्नु पनि मिल्दैन, यो बन्यजन्तु हो भनी उनीहरु चिन्तामा छन् ।
जङग्ली जनवारलाई मारेको खबर कानुन समक्ष पुग्यो भने कानुनले कार्बाही गर्छ । तर, यस्तै पारा हो भने अबको १०÷११ बर्षपछि बदेलले मान्छेलाई पनि मार्न सक्छ, उनीहरुको भनाई छ ।
स्थानीयका अनुसार बँदेल सुगुर÷बाङ्गु जस्तै हो । यसले एक चोटीको बेडमा १२÷१५ वर्षमा बच्चा जन्माउछन् । यही कारण बदेलको संख्या बढदो क्रममा रहेको छ ।
बदेलले खेतबारीमा फलेको मकै, पिँडालु, आलु तथा सिमी खाने गर्दछ । बर्षभरि पुग्ने किसानको मेहेनतलाई १÷२ घन्टामा नै पानीमा बद्लिदिन्छ । सूर्यबिनायक वडा न. ७ को किसानी जनताहरुको क्षातिपूर्ती पूर्ण हुन सरकारको पनि ध्यान जाओस् भनी उनीहरु माग गर्दछन् ।