काठमाडौमा १६ र ललितपुरमा ७ संक्रमित


असार २४, २०७७, बुधबार | दिउँसो १२:५१ बजे | 60


काठमाडौमा १६ र ललितपुरमा ७ संक्रमित
भक्तपुर । आज भक्तपुरमा शून्य संक्रमण देखाइएको छ । तर काठमाडौंमा भने १६ र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार नियमित प्रेस विफिङ कार्यक्रममा स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भक्तपुरको कसैमा पनि संक्रमण नदेखिएको पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा २४ जनामा संक्रमण देखिए जानकारी दिए ।
मन्त्रालयका अनुसार आज देशभर २ सय ५५ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमित संख्या १६ हजार ४ सय २३ पुगेको छ । त्यसैगरी आज २ सय ५३ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म निको हुनेको संख्या ७ हजार ७ सय ५२ जना पुगेका छन् ।

Comments