टौमढी युथ क्लवले गरे मास्क वितरण


असार २४, २०७७, बुधबार | विहान ११:३४ बजे | 25


भक्तपुर । भक्तपुर टौमढी युथ क्लवका शिवराम भुजुको अध्यक्षता र प्रहरी प्रशासन भक्तपुरसंग समन्वय गरि टौमढिमा मास्क नलगाई हिडडुल गर्नेहरुलाइ मास्क वितरण गरेका छन् । साथै सामाजिक दुरि कायम राखी स्वास्थ्य मापदण्ड पूरा गर्न सबैमा अनुरोध गरेका छन् ।

[[img2]]
कोरोनाको प्रकोप झनझन बढ्दै गएको अवस्थालाई मध्य नजर गर्दै गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किन आग्रह गरेका छन् । साथै सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
[[img3]]
मन्त्रालयले प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन जारी गरिएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

Comments