शब्दयात्रा कर्मशीलता पुरस्कार डा. इन्दुल केसीलाई
भदौ ३, २०७८, बिहीबार | विहान ०१:३७ बजे | 55
शब्दयात्रा प्रकाशनले २०७८ सालको शब्दयात्रा कर्मशीलता पुरस्कार अक्षरसेवी डा. इन्दुल केसीलाई प्रदान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनमा आबद्ध रहेर यस संस्थाको उन्नयनका लागि विशेष योगदान गर्ने व्यक्तिलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्ने गरिएको छ । यसअघि यो पुरस्कार अक्षरसेवीहरू पदमनाथ ढुङ्गाना, दामोदर घिमिरे, शिव बन्जारा र सकुल थापालाई प्रदान गरिसकिएको छ ।