भगवान्को भजनकीर्तनको सम्बन्धमा


2021-08-18 11:23:33

News Image

संस्कृतिविद् सत्यमोहन जोशी
ललितपुर, बखुंबहाल (२०७१ जेष्ठ १० गते)

संसारमा प्रत्येक वस्तु (चाहे चेतन होस् अथवा जड)–को आ–आफ्नो ‘आत्मकथा’ हुने गर्दछ । यसैले मान्छेको मात्र होइन, एउटा परालको त्यान्द्राको पनि आत्मकथा हुने गर्दछ । यसै प्रसङ्गमा एउटा सान्दर्भिक रोचक प्रसङ्ग जोडौँ ‘नवधा भक्ति’–को अर्थात् यो विश्वब्रह्माण्डका स्त्रष्टाप्रतिको नौ प्रकारको भक्तिभाव–
श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवनम् ।
अर्चनं वन्दनं दास्यं सख्यमात्मनिवेदनम् ।।
    अर्थात् १) ईश्वरको गुणगानको भजन सुन्ने, श्रवण गर्ने, २) ईश्वरको नामको भजन, हरिकीर्तन, नामसड्ढीर्तन गर्ने, ३) ईश्वरको नाम हृदयमा सधँै राखिछोड्ने, ४) ईश्वरलाई सदैव स्वागत गरी सेवाकार्य गर्ने, ५) ईश्वरको सक्दो भक्तिभावले पूजाआजा गर्ने, ६) ईश्वरलाई भित्री हृदयदेखि नै वन्दना, नमस्कार गर्ने, ७) ईश्वरको परमभक्त, सेवक भइरहने, ८) ईश्वरलाई नै आफ्नो हितचित्त मिलेको परममित्र सम्झिराख्ने, ९) पाप लाग्ने कुनै कार्य नगरी शुद्ध मनले ईश्वरलाई परमपिता सम्झेर आफ्नो मनको कुरा बताउने ।
    उक्त ‘नवधा भक्ति’– अन्तर्गत नै श्रवणकीर्तनको महिमा र गरिमाले भरिएको यो ‘चित्रावली’–को पुस्तकका पानाहरु पल्टाउँदै जाँदा ‘केशव–सुषमा भजन ज्ञान गुठी’–को चित्रमय आत्मकथा ९एष्अतयचष्ब िद्यष्यनचबउजथ० स्वयमेव सिर्जना भइरहेको हामी पाउँछौं ।
    (‘भजन र सङ्गीतमा जीवन’ केशवराज राजभण्डारीको किताबबाट साभार)


भक्तपुरका भजनहरूको अध्ययनको पृष्ठभूमि

मानव जातिको सृष्टिकालदेखि कुनै न कुनै रूपबाट अध्यात्मिक भावनाले प्रेरित भई केही न केही धार्मिक क्रियाकलापहरु गरिआएको देखिन्छ । सभ्यताको सुरु वैदिक काल, जुन बेला ४ वटा पवित्र वेदशास्त्रहरुको प्रादुर्भाव भयो, त्यसपछि विभिन्न ४ वटा उपवेदहरु, १०८ उपनिषद्हरु, श्रीमद्भागवत आदि १८ वटा पुराणहरु, रामायण, महाभारत र गीताजस्ता अनेकौं धर्मग्रन्थहरु तयार भए । यी सबै ग्रन्थहरुमा मानवहरुले पालन गर्नुपर्ने कर्तव्यका बारे चर्चा गरिएको पाइन्छ । यसरी नै ईश्वरको सगुण र निर्गुण रुपको वर्णन तथा भक्तिभावले गर्नुपर्ने पूजा–अर्चना, पाठ, ध्यान, स्तुति, वन्दना, प्रार्थना, भजन, कीर्तनको महत्वका बारे पर्याप्त रुपमा चर्चा–परिचर्चा गरेको पाइन्छ ।
मानव जातिको सभ्यता, कला, संस्कृतिका बारे मानवशास्त्र, मानव–भूगोलले दर्साएबमोजिम मानिसहरुको जन्म–मृत्युका बीचमा गरिने क्रियाहरु खानपान, लवाइ, रीतिरिवाज, मेला, जात्रा, पर्व, संस्कारको कुरा गर्दा तिनीहरुले बोल्ने भाषाका साथै तिनीहरुका वेशभूषा, गीत, सङ्गीत र धार्मिक क्रियाकलापहरु समेत गाँसिएर अएका हुन्छन् ।
हिन्दूहरुका धर्मग्रन्थमा झै अन्य धर्मग्रन्थहरु, जस्तै बुद्ध धर्मको त्रिपिटक, क्रिस्चियन धर्मको बाइबल, मुस्लिम धर्मको कुरानलगायतका ग्रन्थहरुमा आआफ्ना मान्यताअनुसारको ईश्वरको भजनकीर्तन, गायन, कला, संस्कृतिहरुका बारे वर्णन गरिएको पाइन्छ । हिन्दुहरुका मन्दिर, देवालय, शिवालय, क्रिस्चियनहरुको चर्च, मुस्लिमहरुको गिर्जाघर, शिखहरुको गुरुद्वारा सबैमा आ–आफ्ना आस्था र विश्वास, प्रचलनअनुसार विभिन्न वाद्यवादन प्रयोग गरी सङ्गीतमय भजन हुने गरेको देखिन्छ । तेह्रौँ शताब्दीमा आनन्ददेवले भक्तपुर सहरको निर्माण गर्दा यस सहरको चारैतिर तान्त्रिक विधिअनुसार अष्टमातृका पीठहरु ब्रह्मायणी पीठ – पवित्र ब्रह्मायणी नदी (घाट), माहेश्वरी पीठ – माहेश्वरी – ब्रह्मघाट, कौमारी पीठ – कुमारीघाट, भद्रकाली पीठ – चुपिँघाट, वाराही पीठ – मङ्गलतीर्थ घाट, इन्द्रायणी पीठ – सिद्धपोखरी, महाकाली पीठ – कासङखुसी – कालीघाट, महालक्ष्मी पीठ – कमलपोखरी, त्रिपुरासुन्दरी पीठ – हनुमान घाटहरुमा स्नान, तर्पण, कर्मकाण्ड, श्राद्ध, देवदेवीको दर्शन, पूजा, अर्चना, भजन गर्ने स्थानहरुसमेत निर्माण भएको पाइन्छ । भक्तपुर नगरभित्र उल्लिखित अष्टमातृकादेवीहरुका द्योछे (देवगृह) कलात्मक मन्दिरहरु पनि छन् ।
भक्तहरुको निवास गर्ने सहर भएकाले यसको नाम पनि विभिन्न कालखण्डमा खोप्रिङ (ख्वप), भक्तग्राम (भादगाउँ), भक्तपुर रहन गएको देखिन्छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको युनेस्कोले विश्वसम्पदा सूचीमा समावेश गरेको भक्तपुर सहरलाई मन्दिरैमन्दिरले भरिएको सहर पनि भन्न सकिन्छ । यहाँ विश्वप्रसिद्ध ङाता पोल्हँ (पाँचतले सिद्धिलक्ष्मी मन्दिर) देग, भैरवनाथ (भारतको काशी विश्वनाथको शिर रहेको मानिएको मन्दिर), दत्तात्रय मन्दिर, वाकुपति नारायण मन्दिर, तिलमाधव नारायण मन्दिर, तुलजा भवानी (तलेजु) को मन्दिर, पशुपतिनाथको मन्दिर, श्री वत्सलादेवीको मन्दिर, चारधामहरु – बद्रीनारायण, केदारनाथ, जगन्नाथ, रामेश्वर मन्दिर र मङ्गलेश्वर महादेव मन्दिरलगायत विभिन्न टोलहरुमा विभिन्न देवदेवीहरुका सयौँ मन्दिरहरु छन् ।  उल्लिखित शक्तिपीठहरु, मन्दिरहरु, सत्तल–पाटी, भजनघरहरु पनि छन् ।  यी सबै स्थानहरुमा विभिन्न नामका भजन समूह (गुठी)हरु छन् ।
जगदीश शमशेर राणा तथा नारायणमान बिजुक्छेले भक्तपुरलाई नाचगानको राजधानी भनी किताबहरु प्रकाशन गर्नुभएको थियो । नाचगान भन्नासाथ कला, संस्कृतिसँग जोडिन्छ ।  भजनमा वाद्यवादन, भक्तिसङ्गीत, गायनहरु प्रमुख पक्षका रुपमा रहेका हुन्छन् । कलालाई मूर्त कला र अमूर्त कला भनी दुई समूहमा विभक्त गरिन्छ । मूर्त कला भन्नाले देखिने वस्तुयुक्त कला र अमूर्त कला भन्नाले नदेखिने केवल अनुभव गर्ने विषयका रुपमा लिइन्छ । सङ्गीतलाई अमूर्त कलाका रुपमा लिइन्छ । कानले सुन्ने, मनले अनुभव गर्ने तर नदेखिने हुनाले अमूर्त भन्ने गरिएको हो । भजनकीर्तनमा प्रयोग हुने विभिन्न वाद्यसाधनहरु र ती वाद्यसाधनहरुको प्रयोग गरिने कला भने देख्न सकिन्छ । त्यसैले भजनमा मूर्त र अमूर्त कला दुवै पक्षहरु समावेश भएका हुन्छन् । सङ्गीत शास्त्रीय रुपले गायन, वादन र नृत्य गरी यसको तीन पक्ष रहेको मानिएको छ । भजन गर्दा कतिपय समयमा यी तीनै पक्ष संयुक्त रुपमा सँगसँगै प्रयोग भएको पनि पाइन्छ । नाचको अर्थ शरीरका विभिन्न अङ्गहरु हातखुट्टा, कम्मर, आँखा इत्यादिलाई सङ्गीतको सुर र तालमा विभिन्न भावभङ्गीका साथ चलाएर अभिनय गर्नु हो । भजन गर्दा भावविभोर भएका भक्तहरु नाच्तछन् । यसरी भजनमा आध्यात्मिकता, धर्म, भक्त, भक्ति, सङ्गीत, कला, संस्कृति सबैको एकाकारका रुपमा रहेको हुन्छ । यसैले भजन समाजको महङ्खवपूर्ण पक्षका रुपमा रहेको पाइन्छ ।
प्राचीन कालमा भक्तपुरका अधिकांश मानिसहरुको दैनिक जीवनका क्रममा उषाकालमा, भालेको डाकसँगै, ब्रम्हमुहूर्तमा निद्राबाट ब्युँझेर आ–आफ्नो टोलको नजिक रहेका पवित्र नदी, पोखरी, कुण्ड, ढुङ्गेधारा, इनारमा स्नान गरी विभिन्न देवीदेवताहरुको दर्शन गर्न मन्दिरहरुको परिक्रमा गर्ने, स्वच्छ हावा, प्रदूषणरहित वातावरणमा प्रातःभ्रमण गरी पूजा, पाठ, अराधनाका साथै भजन, कीर्तन गर्न आ–आफ्ना भजन मण्डलहरुमा सहभागी हुने गर्दथे । यो परम्पराले आफ्नो कला, संस्कृतिलाई जीवन्त बनाइआएको देखिन्छ । यसरी नै सन्ध्याकाललगायत रातको पहिलो प्रहरसम्म पनि प्रत्येक टोलटोलमा रहेका मन्दिर, पाटी, सत्तल, भजनघरहरुमा विभिन्न वाद्यसाधनहरु प्रयोग गरी सङ्गीतमय भजन गायन गरिने कार्य वर्तमान समयमा पनि चलिरहेको देख्न सकिन्छ ।
[[img2]]
भक्तपुरमा विशेष गरी मल्ल राजाहरु भूपतीन्द्र मल्ल, रणजीत मल्ल, राजपरिवारका सदस्य, भारदार, विभिन्न थर र जातमा विभक्त जनसमुदायहरुको एकताको केन्द्रका रुपमा रहेको भजनका माध्यमले आध्यात्मिक उन्नतिलाई मध्यनजर राखी विभिन्न नामका भजन मण्डल (समाज, गुठी) हरु स्थापना भएको बुझिन्छ । ातत्कालीन समयमा भक्तपुरमा करिब २०० वटा भजन समूह–गुठीहरु भएको बताइन्छ । तर यसको निश्चित तथ्याड्ढ अहिले यकिन गरी भन्न कठिन छ । भक्तपुरमा सयौ वर्षभन्दा पहिलेदेखि स्थापना भई सञ्चालन भइरहेका भजन गुठीहरु विविध कारणले क्रमशः घट्तै गएका छन् । हाल यहाँ करिब ५० वटाजति भजनमण्डलहरु येनकेन मुस्किलले चालु रहेको अवस्था छ । यसै कुरालाई दृष्टिगत गरी भजनहरुको वर्तमान अवस्थालाई पहिचान गर्न यो अध्ययन गरिएको हो ।

अध्ययनको प्रमुख उद्देश्य ः
यस अध्ययनका प्रमुख उद्देश्यहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ – (क) सञ्चालित भजनहरुको ऐतिहासिक एवं वर्तमान अवस्थाको पहिचान गर्ने । (ख) कला र संस्कृतिसँग सम्बन्धित निकायहरु केन्द्रीय सरकार, स्थानीय सरकार, संघ–संस्था, गुठी र सरोकारवाला व्यक्तिहरुलाई उक्त कुराको जानकारी दिई भजनकला, संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न अभिप्रेरित गर्ने । (ग) भक्तपुरको भजनकलाको संस्कृतिका बारे अध्ययन–अनुसन्धान गर्न चाहने महानुभाव एवं संस्थाहरुलाई यसबारे अझ व्यापक र विस्तृत रुपमा अध्ययन गर्न÷गराउन लगाउन सघाउ पु¥याउने ।

अध्ययन विधि ः
यस अध्ययनका लागि निम्नलिखित विधिको अवलम्बन गरिएको छ – (क) सम्बन्धित विषयका धार्मिक ग्रन्थ तथा अन्य पुस्तकहरु, भजनमा प्रयोग भइरहेका विभिन्न ठ्यासफूलगायतका भजन–गायनसम्बन्धी किताबहरु र अन्य सन्दर्भ पाठ्यसामग्रीहरुको अध्ययन । (ख) हाल सञ्चालनमा रहेका ५० वटा विभिन्न भजन मण्डलहरुलाई १९ वटा प्रश्नहरु रहेको भजनसम्बन्धी अध्ययन प्रश्नावली वितरण र वितरित फर्महरुमध्ये फिर्ता प्राप्त हुन आएका २९ वटा भजनहरुको विवरणको अध्ययन र विश्लेषण । (ग) सञ्चालन भइरहेका भजन मण्डलहरुमा यो अध्ययनकर्ता स्वयं स्थलगत उपस्थित भई भजन सञ्चालनको विधि अवलोकन, भजन गर्दा प्रयोग भएका वाद्यवादन र सङ्गीत श्रवण । (घ) भजनका नाइकेहरु, वाद्यवादक गुरुहरु, भजन गाउने भजनियाहरुसँग छलफल, अन्तक्रिया, अन्तर्वार्ता ।
अध्ययन अवधि ः
यस अध्ययन वि. सं. २०७६ साल श्रावण महिनादेखि २०७६ साल मार्ग महिनासम्म गरी ७ महिनासम्म गरियो ।

प्रश्नावली फर्म र सङ्कलन ः
हाल चलिरहेका ५० वटा भजन मण्डलहरुमा प्रश्नावली फर्म वितरण गरिएकोमा फिर्ता हुन आएका निम्नलिखित २९ वटा (५८%) का विवरणहरुलाई यस अध्ययनको मूल अधार मानिएको छ ।
क्र.सं.    भजनको नाम    ठेगाना    स्थापना भएको समय
१.    आकाशभैवर नौंबाजा भजन    टौमढी    वि.सं. १८६७
२.    दत्तात्रय दाफा भजन    तचपाल    वि.सं. १८९२
३.    वाकुपति चाँगुनारायण नौबाजा भजन    सूर्यमढी    परापूर्वकाल
४.    छुमा गणेश दाफा भजन    चोहेछे ब्यासी     २०० वर्षपहिलेदेखि
५.    पुलाँख्यो दाफा भजन    वाराही पीठ    ने. सं. ८९३
६.    लाक्वलाछें  त्वाले दाफा भजन    लाक्वलाछें    परापूर्वकाल
७.    ज्याथा गणेश दाफा भजन    तालाक्व बोलाछे    उल्लेख नभएको
८.    त्वाचा गणेश दाफा भजन    त्वाचा सूर्यमढी    १०० वर्षभन्दा पुरानो
९.    भद्रकाली ढाल्चा भजन    भेलुखेल    उल्लेख नभएको
१०.    इखालाछी ढाल्चा भजन    बोलाछै    लिच्छविकाल भनिएको
११.    गय भिंद्यो ढाल्चा भजन    भेलुखेल    परापूर्वकाल
१२.    वाराही पीठ ढाल्चा भजन    वाराही पीठ    ने. सं.१०१० फाल्गुन १५
१३.    वाराही द्योछें ढाल्चा भजन    तेखाचो    उल्लेख नभएका
१४.    सुपूर्णेश्वर ढाल्चा भजन    माहेश्वरी पीठ    ने.सं. ९७१
१५.    सूर्यविनायक ढाल्चा भजन    सूर्यविनायक    उल्लेख नभएका
१६.    राम मन्दिर ढाल्चा भजन    राममन्दिर बोलाछें    वि.सं.१९७८
१७.    महाकाली रास भजन    महाकाली पीठ    वि.सं. २०००
१८.    त्रिपुरासुन्दरी रास भजन    तुलाछें    वि.सं.१९९२
१९.    श्यामसुन्दर रास भजन    मङ्गलाछें    वि.सं.१९९३
२०.    वाराही पीठ रास भजन मण्डल    वाराही पीठ    वि.सं.२००३
२१.    गणेश भजन खलः    भार्बाचो    वि.सं.२०१६    
२२.    पाताल गणेश भजन    गाहिटी    वि.सं.२०२२
२३.    निष्कलड्ढश्वेर रास भजन    कमलविनायक    वि.सं. २०३०
२४.    दधिविनायक भजन    टिबुकछें    उल्लेख नभएका
२५.    श्रीकृष्ण    चुपिँघाट    गणेश भजन
२६.    ब्रह्मायणी रास भजन    तौलाछें    ने.सं.१००
२७.    चण्डेश्वरी भजन मण्डल    चासुखेल    उल्लेख नभएका
२८.    छुमा गणेश ढल्चा भजन    तुछिमला    परापूर्वकाल
२९.    मुलाखु गणेश दाफा भजन    मुलाखु    उल्लेख नभएका
[[img3]]
भजनहरुको वर्गीकरण र त्यसको आधार ः
ईश्वरको भजन गर्ने भजन मण्डललाई जुनसुकै नाम दिए तापनि आखिर भजन भनेको भजन नै हो, तर अध्ययनका सिलसिलामा भजनहरुलाई विभिन्न नाममा वर्गीेकरण गरिएका छन् ।
वर्गीकरणअनुसार भक्तपुरमा हाल नौबाजा भजन, दाफा भजन, ढल्चा (ढोलक) भजन, आधुनिक रास भजन, ज्ञानमाला भजन, नारी समूह भजन, रामायण भजन, कविर भजन, ओशो भजन, ब्रह्मानन्द भजन, साई भजन, ॐ शान्ति भजन इत्यादि नामले भजनहरुको समूह छुट्याउने गरिन्छ ।
यस अध्ययनमा उल्लिखित समूहहरुमध्ये प्रारम्भका केवल नौबाजा र दाफा भजन, ढल्चा भजन र रास भजनलाई मात्र केन्द्रित गरिएको छ । उक्त ३ प्रकारका मूल आधार ती भजनहरुमा प्रयोग गरिने वाद्यसाधनहरु र त्यहाँ प्रयोग भइआएको भजन–गीतरचनालाई मानिएको छ ।

नौबाजा भजन र दाफा भजन ः
भक्तपुरमा रहेका यी भजनहरुमा ९ वटा बाजालाई मुख्य बाजाका रुपमा प्रयोग गरिन्छ । ती हुन् – लालाखिं, करखिँ, ढाँचा, कोता, पछि माय् (मृदङ्ग), ढलक (ढोलक), कोखिंचा, नगरा, नाखिंचा । उक्त ९ वटा प्रमुख बाजाहरुका अतिरिक्त सहायक अन्य बाजाहरु हुन् – तँ, बबचा, झ्याली, छ्यालीमाली, महाली (कुसले बाजा), प्वङा, शङ्ख, डमरु । दाफा भजनमा उल्लिखित ९ वटा बाजाहरुमध्ये लालाखि (मृदङ्ग), प्वङा, ताँ, भ्याली (ख्वालीमाली) बाजाहरुको प्रयोग गरिन्छ । यसरी नौबाजा भजन र दाफा भजनमा प्रयोग गरिने बाजाको फरक कुराबाहेक अन्य प्रायः सबै कुरा समान छन् ।
भजन गर्दा भजनियाहरु दुई समूहमा विभक्त भई बस्छन् । भजन सुरु गर्दा सर्वप्रथम लालाखिँ बाजाको अवाज निकाल्दछन् । त्यसपछि द्योल्हाय्गु (मङ्गलाचरण) गर्दा केवल एकछिन लालखिं, तँ र प्वङा बाजा मात्र बजाइन्छ । त्यसपछि भजनमा उपस्थित सबैले गुरुहरुलाई भागिया भनी अभिवादन गर्दछन् । भजनगायनको सुरुमा जुन भजन गरिने हो, त्यसका देवतालाई विशेष प्रकारको शब्दध्वनि (न न न न इत्यादि) एकजना थकाली गुरुले आह्वान गर्छन् । त्यस बेला लालाखिँ बाजाको आवाज निकालिएको हुन्छ । यसका साथै प्रस्तुत हुने भजनमा एकजनाले रागको ध्वनि बोलेको हुन्छ ।
भक्तपुरका नौबाजा भजन र दाफा भजनमा प्रयोग हुने रागका नामहरु शास्त्रीय सङ्गीतका केही रागका नामहरुसँग मिल्छन्, केही भिन्नै नामका छन् । दाफा भजनहरुमा प्रयोग हुने रागहरुका नाम यी हुन् – मालः, सारङ्ग, कःसि, जयश्री, विजय मालश्री, धनाश्री, कोला, रामकलि, असाबारी, विभास, गौरी, काफी, मेघमल्लार, केदार, कान्धला, भथ्यारी, श्याम, मङ्गल, सोरथ, भुपारी, बल्लारी, इमन, न तः, जाजवन्ती, वसन्त ।
उल्लिखित रागहरुमध्ये हाल राग लिन जान्ने व्यक्तिहरु धेरैजसोको निधन भइसकेकाले केही रागहरु मात्र प्रयोगमा आइरहेका छन् । यसरी नै प्वङा फुक्ने मानिसहरु पनि अब सबै भजनमा छैनन् ।  त्यसैले यी भजनको विशेषताका रुपमा रहेको प्वङा पनि बिस्तारै लोप हुने देखिन्छ ।

ताल ः
नौबाजा भजन र दाफा भजनहरुमा प्रयोग हुने लालाखिँ, पछि माय् (मृदङ्ग) एवं ढोलक बाजा बजाउँदा तालको मुख्य स्थान रहेको पाइन्छ । तालको अर्थ सङ्गीतशास्त्रमा समयको मापन हो । वाद्यवादनबाट निस्कने आवाजलाई बोल भनिन्छ । बोलहरुको संयोजनका आधारमा विभिन्न तालका नाम दिइएको हुन्छ । उल्लिखित भजनमा प्रचलित तालहरुका केही नामहरु हुन् – प्रताल, जति, धरञ्जति, चो, अष्टरा, पालिमो, एकतारी अदि । यी वाद्यवादनका धेरै गुरुहरु पनि स्वर्गे भइसकेका छन् । हाल भक्तपुरमा वाद्यवादक गुरुहरु र वाद्यवादकहरु पनि धेरै कम भइसकेका छन् ।

भाषा र भजन ः
भजन गायनका लागि रचना गरिएका भजनका गीतहरुमा प्रयोग भइरहेका भाषाहरुमा संस्कृत भाषा, नेवारी (नेपाल) भाषा, मैथिली भाषा र अवधी भाषाहरु छन् । प्रायः अधिकांश भजनहरुमा जयदेवले रचना गरेका श्रीकृष्णका विभिन्न लीलाका २५ वटा संस्कृत भाषाका, विद्यापतिले, मल्लराजाहरुले तथा अन्य रचनाकारहरुले तयार गरेका संस्कृत भाषा, नेपाल भाषा, नेपाली भाषा, हिन्दी भाषा, मैथिली भाषा, अवधी भाषा आदि भाषाका छन् ।
शिव, पार्वती, नारायण, रामसीता, कृष्ण, गणेश आदि विभिन्न देवदेवीहरुका गुण, चरित्र, लीलाहरुका सगुण, निर्गुण भजनहरु ऋतु, काल, समयअनुसार भजन गाउने गरिन्छ ।

ढल्चा (ढोलक) भजन ः
ढल्चा भजनमा प्रमुख वाद्यसाधनका रुपमा ढल्चा (ढोलक) प्रयोग गरिने भएकाले भजनमण्डललाई नै ढल्चा भजन भन्ने गरिन्छ । यहाँ ढोलकका अतिरिक्त पछि माय् (मृदङ्ग); झ्याली, कर्ताल, छुस्या–भुछ्या, टिनटिन, ताँ, डमरु, धाँ, करखिं, नाय्खिं, घण्टा इत्यादि बाजाहरु पनि प्रयोग गरिन्छ । तर सबै भजनहरुमा उल्लिखित सबै बाजाहरुमध्ये अहिले केही वाद्यसाधनहरुको मात्र प्रयोग भइरहेको पाइन्छ । २०५९ सालमा भक्तपुर नगरपालिकाको मुखपत्र ’भक्तपुर मासिक पत्रिका’ मा १९ वटा ढल्चा भजनहरुको तथ्याड्ढ र केही अन्य विवरण प्रकाशित भएको थियो । तर यहाँका बूढापाका, ज्येष्ठ नागरिकको भनाइअनुसार भक्तपुरमा ढल्चा भजनको सङ्ख्या करिब ३० वटाजति थियो । यस अध्ययनका लागि वितरण गरिएका फारमहरुमध्ये फिर्ता हुन आएका फारमहरुको विवरणमा आधारित भई विश्लेषण गर्दा सङ्गीतमय ढल्चा भजनहरु विभिन्न मन्दिर, नदी, तीर्थस्थल, सत्तल, पाटी, भजनघरहरुमा साँझ–बिहान सञ्चालन भएको देखिन्छ ।
ढल्चा भजनको सुरुमा द्योल्हाय्गु (मङ्गलाचरण) भनी केवल शङ्ख, ढोलक, डमरु, झ्याली बजाई एकछिन आराध्यदेव ईश्वरलाई सङ्गीतमय रुपमा अहवान गरिन्छ । दाफा भजनहरुमा जस्तै ढल्चा भजनमा राग अलाप्ने कार्य गरिँदैन ।
यसमा प्रयोग गरिने ढल्चा (ढोलक) र पछि माय् वाद्यसाधनका प्रचलित तालहरुमा प्रताल, ब्रह्मताल, खरजति ताल, डेढा इत्यादि हुन् । यी भजनहरुमा पनि जयदेवद्वारा रचित गीत गोविन्दका २५ वटा संस्कृत भाषामा लेखिएका भजनहरु प्रयोग हुन्छन् । यसका अतिरिक्त गणेश, शिव, नारायण तथा अन्य देवदेवीहरुका पञ्चभजन गाइन्छ । ढल्चा भजनमा पनि संस्कृत, नेवारी इत्यादि भाषाका गीत रचनाहरु छन् । भजनको अन्त्यमा दीप बाल्नुकासाथै आरती भजन गरी समाप्त गरिन्छ ।
ढल्चा भजनमा प्रयोग हुने प्रमुख वाद्यसाधन ढोलक र मृदङ्ग हुन् । उक्त बाजामा बजाइने खिँषु (ताल) हरुमा चल्ती (कहरुवा), जति–खरजति, डेढा (कहरुवा), प्रताल (रुपक), ब्रह्मताल, रेखा (दादरा) को बढी प्रचलन भइरहेको पाइन्छ । ढोलक र पछि माय् (मृदङ्ग) को तालका बोलहरुमा केही फरक पाइन्छ ।

रास भजनः
भक्तपुरमा प्रचलित प्राचीन नौबाजा दाफा भजन र ढल्चा भजनपछि तेस्रो समूहमा ‘रास भजन’ लाई मानिएको छ । यहाँ रास भजनको प्रचलन वि. सं. १९५० पछि मात्र सुरु भएको भनिन्छ । रास भजनको अर्थ श्रीकृष्णका विभिन्न लीलाहरुमध्ये रासलीलाको भजन हो । यसलाई विशेष भजनगीतको प्रयोग गरिने भएकाले रास भजन नाम दिइएको देखिन्छ । यस भजनका प्रमुख वाद्यसाधन हार्मोनियम र तबला हुन् । यीबाहेक रास भजनमा पनि शङ्ख, डमरु, भ्याली, कर्ताल, ढोलक, टिन्छु, खैजडी इत्यादि वाद्यसाधनहरु प्रयोग भएको देखिन्छ ।
भक्तपुर नगरको माथिल्लो टोल सूर्यमढी, दत्तात्रयदेखि तल्लो टोल वंशगोपाल, भार्वाचो टोल तथा अष्टमातृकाका पीठहरुमा पनि रास भजन मण्डलहरु सञ्चालन भएको देखिन्छ । रास भजनमा श्रीकृष्णको व्रज भाषामा रचिएका जन्मलीला, बाललीला, जलभरणलीला, रासलीला, नागलीला, उधोलीला, गोवद्र्धनलीला, अन्तर्धानलीला इत्यादिलगायतका २०९ वटा भजनगीतहरु पाइन्छन् । यी भजनगीतका अतिरिक्त यहाँ ब्रह्मानन्दले रचेका ५०० वटा भजनहरुमध्ये केही भजनहरु, महात्मा सुरदास, मीराबाई, कविरदास, विद्यापति र मल्लराजाहरुले रचेका नेपाल भाषाका भजनहरु, प्रख्यात भजनगायक नातिकाजी, भक्तराज आचार्य, भक्तराज राजभण्डारी, कृष्णबहादुर मानन्धर, कविप्रसाद गौतम आदिले रचेका भजनहरु पनि प्रयोग भएको पाइन्छ ।
भक्तपुरका भजनगीतका रचनाकारहरुमा गणेशबहादुर कर्माचार्य, भजनगुरु गोविन्दमानसिंह राजभण्डारी, गोविन्दहरि जङ्गम, नारायणसुन्दर भोमीलगायत छन् र धेरै रचनाकारहरुले रचेका भजनका पुस्तक–पुस्तिकाहरु प्रकाशित भएको पाइन्छ । उहाँहरुले रचेका भजन आफैले तरज (लय) राखी आफैले वाद्यसाधनहरु प्रयोग गरी भजन गरेको धेरैले देखेसुनेका छन् ।

हार्मोनियम वाद्यसाधन ः
यो वाद्यसाधनमा पर्दाहरुको सङख्या ३६, ३७, ३९ र ४१ हुन्छन् । यी पर्दाहरुलाई मन्द्र, मध्य र तारसप्तक नामले ३ भागमा विभक्त गरिएको हुन्छ । हार्मोनियम बाजाबाट निस्कने स्वरहरु सा. रे. ग. म. प. ध. नि. सातवटा हुन्छन् । यी पर्दाहरुमा तलतिर क्रमशः २१ वटा सेता पर्दा र माथितिर १५ वटा काला पर्दा हुन्छन् । प्रत्येक सप्तकमा ७ वटा शुद्ध स्वर तथा ५ वटा काला पर्दामध्ये म एउटा तीव्र स्वर, अरु रे. ग. ध. नि. चारवटा विकृत स्वर हुन्छन् । सा. प. दुईवटा अचल स्वर मानिन्छन् । पर्दाहरु क्रमशः आरोह वा माथितिर चढ्दै जाने र क्रमशः अवरोह वा तलतिर झर्दै जाने हुन्छन् । यिनै पर्दाहरुलाई थिचेर निस्कने अवाजमध्ये ढिलो गतिलाई मन्द्र लय, ठीक गतिमा बजेको स्वरलाई मध्यलय तथा छिटोछिटो निस्कने अवाज (सुर) लाई द्रुतलय भनिन्छ । शास्त्रीय सङ्गीतका अधारमा मन्द्र, मध्य र तारसप्तकहरुका विभिन्न स्वरहरुको सम्मिश्रणबाट सङ्गीत (लय) तर्जुमा गरी सोही सङ्गीतका आधारमा भजन गायन गरिन्छ ।

तबला वाद्यसाधन ः
मृदङ्ग एउटा वाद्यसाधनलाई दुई खण्डमा विभक्त गरी बनाएको दायाँतर्फको भागलाई तबला र बायाँतर्फको भागलाई वाम भनिन्छ । तर यी दुवैको संयुक्त नामलाई तबला भन्ने गरिन्छ । तबलावादनमा यसबाट निस्कने ध्वनिलाई बोल भनिन्छ । विभिन्न बोलहरुको सम्मिश्रणलाई ताल भनिन्छ । तबलावादनमा बोलहरुलाई समूहीकृत गरिन्छ । सुरुको आवाजलाई सम भनी गुणन चिह्न र कुनै आवाज ननिस्कने समयलाई खाली भनी शून्य चिह्न दिइन्छ । अरु अवाजहरुलाई १, २, ३ गरी गन्ती गर्दा प्रत्येकलाई ताली भनिन्छ । तालका आधारमा कुनै बेला फेक पनि भनिन्छ । तबलाको मात्र छुट्टै अवाज, वामको मात्र छुट्टै आवाज तथा दुवैको सम्मिश्रण भई एकैसाथ निस्कने गरी तबलामा १० वटा ध्वनि भएको मानिएको छ । यसरी निस्कने ध्वनिका सङ्ख्यालाई मात्रा भनिन्छ । यहाँ प्रचलित रास भजनहरुमा प्रायः एक ताल (बाहू मात्रा), तीन ताल (सोह्र मात्रा), कहरुवा ताल (आठ मात्रा), रुपक ताल (सात मात्रा), दादरा ताल (छ मात्रा), झप ताल (दस मात्रा), दिपचण्डी ताल (चौध मात्रा) इत्यादि प्रयोग भइरहेको पाइन्छ ।

भक्तपुरका भजनहरुले वर्षदिनमा मनाइअएका पूजा, पर्व र भजन–भ्रमण ः
भक्तपुरका भजन मण्डलहरुले मनाइआएका पर्वहरुमा आ–आफ्ना भजनका वार्षिक विशेष भजन (दारु पूजा), विभिन्न जात्राहरु (बिस्केटजात्रा, गाईजात्रा, नवरात्र, कृष्णजन्माष्टमी, रामनवमी, शिवरात्री, एकादशी, पूर्णिमा, चतुर्मास, माघ महिना, फागूमहिना (होली) इत्यादि बेलामा विशेष भजन कार्यक्रम सञ्चालन हुनेगर्छन् । यहाँ विभिन्न भजनहरु आफ्नो नित्य भजन गर्ने स्थानका अतिरिक्त अन्य विभिन्न स्थानका देवदेवीहरु मनकामना, पोखरा विन्ध्यवासिनी, सूर्यविनायक, जलविनायक, चाँगुनारायण, दोलखा भीमसेनस्थान, साँखु वज्रयोगिनी, शालीनदी, पलान्चोक भगवती, डोलेश्वर इत्यादि स्थानहरुमा बेलाबेलामा भजन गर्न जाने प्रचलन छ ।

भजन प्रशिक्षण ः
भजन सञ्चालनको निरन्तरताका लागि समय–समयमा भजन गायन र वाद्यवादन प्रशिक्षण कार्य सञ्चालन हुनु आवश्यक छ । कतिपय भजनियाहरु आफ्नो कालगतिका कारण मृत्यु हुने, कतिपय जीविकाका लागि अन्यत्र जानुपर्ने र कतिपय आफ्नो घरथलो छाडेर अन्यत्र बासस्थानमा बसाइसराइ गरी जाने भएकाले भजन सञ्चालन गर्ने भजनियाहरु कम हुँदै जानु स्वाभाविकै हो । त्यसैले यस प्रकारको प्रशिक्षण कार्य समय–समयमा भइरहनु आवश्यक छ ।
विगत ५ वर्षभित्र केही भजन मण्डलहरुले आफ्ना भजन मण्डलको आवश्यकताअनुसार गायन र वाद्यवादन प्रशिक्षण गरेको जनाएका छन् । तर कतिपय भजन मण्डलहरुमा आवश्यक खर्च गर्ने रकमको अभाव, कतै प्रशिक्षण दिने गुरु वा प्रशिक्षकको अभाव र कतै प्रशिक्षण लिने प्रशिक्षार्थीको अभाव रहेको अवस्था छ ।

भजन सम्मेलन ः
भक्तपरका उल्लिखित केही भजन मण्डलहरुले दाफा भजन सम्मेलन, ढल्चा भजन सम्मेलन तथा रास भजन सम्मेलन बेलाबेलामा गर्ने गरेको पाइन्छ । यस प्रकारको सम्मलेनमा काठमाडौं, ललितपुर, मध्यपुर ठिमी, बनेपालगायतका अन्य भजन मण्डलहरुलाई आमन्त्रण गरी सम्मेलन  गरिएको पाइन्छ । आ–आफ्ना भजन मण्डलहरु पनि आफूलाई आमन्त्रण भएमा त्यस प्रकारका भजन सम्मेलनहरुमा भाग लिन जाने गरेको पाइन्छ ।
यस प्रकारको भजन सम्मेलनको आयोजनाले भजन मण्डलहरुका बीचमा आपसी सम्बन्ध बढाउनुका साथै अन्य भजन मण्डलहरुले गाउने–बजाउने तौरतरिकाहरु जान्ने, बुझ्ने र बुझाउने अवसर प्राप्त हुने गर्दछ ।

भजनमा संलग्न भजनियाहरु ः
हाल सञ्चालन भइरहेका भजनका नाइके भजनगुरुहरु र धेरै भजनियाहरु दिवङ्गत भइसकेका छन् । अब भजनगुरुहरुका सङ्ख्या ज्यादै न्यून भइसकेको छ । तिनीहरुसँग रहेको भजनसम्बन्धी ज्ञान र सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कार्य यथाशीघ्र हुन नसके भक्तपुरको भजन कलासंस्कृति नै समाप्त हुने हो कि भन्ने आशड्ढा उब्जिन थालेको छ ।
हाल चलिरहेका भजनहरुमा उमेरका हिसाबले ९०–९५ वर्षसम्मका ज्येष्ठ नागरिकहरु समेतले बेलाबेलामा भजनमा सहभागिता जनाइरहेको पनि पाइएको छ । तर महिलावर्गको र युवावर्गको सहभागिता ज्यादै न्यून रहेको मात्र नभई कहीँकहीँ शून्य नै रहेको देखिन्छ ।

भजन सञ्चालन हुने स्थान ः
 भजन सञ्चालन हुने पाटीपौवा, सत्तल, भजनघरहरु कतिपय मानिसहरुको अतिक्रमणको चपेटामा परेका छन् । पाटीपौवाहरु जीर्ण भएर भत्किएका छन् । त्यसैले यस्ता भजन गर्ने स्थानहरुको अभाव हुन थालेको पनि देखिन्छ । २०७२ सालको महाभूकम्पले समेत कतिपय भजनघर र पाटीपौवालाई पूर्ण क्षति पु–याएकाले भजन सञ्चालन गर्न समस्या भइरहेको छ । तर केही भजनघर र पाटीपौवाहरुको जीर्णोद्धार तथा पुनर्निर्माणको कार्य पनि भइरहेको पाइन्छ ।

निष्कर्ष र सुझाव ः
१.    भक्तपुरमा प्राचीन समयदेखि चलिआएका तर हाल लोप भइसकेका र हालसम्म सञ्चालन भइरहेका विभिन्न भजनहरुको तत्काल विस्तृत अध्ययन हुनु जरुरी देखिन्छ ।
२.    भजन गुठीहरुको आयस्रोतका रुपमा रहेका जग्गा, घर, पसल इत्यादिमा आइपरेको समस्यालाई निराकरण गरी आयस्रोतलाई मजबुत बनाउन सम्बन्धित सरोकारवालाहरुले आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।
३.    भजन हाम्रो धर्म, कला, संस्कृति र सभ्यताका रुपमा रहेकाले यसको संरक्षण, सम्बद्र्धन र जगेर्ना गर्नु अत्यन्त महङ्खवपूर्ण कार्य हो । यसलाई संरक्षण गर्नु सबैको दायित्व पनि हो । यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।
४.    भजनगायन र वाद्यवादनसम्बन्धी तालिम (प्रशिक्षण) का लागि यहाँका प्रशिक्षक गुरुहरु तथा प्रशिक्षार्थीहरुसमेतलाई आवश्यक आर्थिक सहयोग प्रदान गरी प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।
५.    भक्तपुरलाई नाचगानको राजधानी भनिएको तथ्यलाई वर्तमान समयमा भक्तपुर पर्यटन केन्द्रका रुपमा पनि स्थापित भइसकेकाले यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने गन्तव्यस्थल निर्माण गर्ने एउटा सशक्त माध्यम भजन, कला, संस्कृतिलाई लिनु उपयुक्त हुने देखिन्छ । साँझ–बिहान खुला रुपमा सञ्चालन भइरहेका भजनहरुलाई व्यवस्थित रुपमा  परिचालन गर्न सकेमा यहाँ पर्यटकहरुको सङ्ख्या अझ बृद्धि हुने देखिन्छ । पर्यटकको आगमन वृद्धिले गर्दा भक्तपुर नगरपालिकाले पर्यटकसँग लिइराखेको शुल्कको आय वृद्धि हुने, यहाँका पर्यटन व्यवसायीहरु, होटलवाला, लजवाला र पर्यटकहरुका लागि व्यापार गर्ने व्यापारीहरुको व्यापार बृद्धि हुने भएकाले तिनीहरुका तर्फबाट केही रकम भजन, कला, संस्कृति बचाउने कार्यमा लगाई आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाउनु उचित देखिन्छ ।
६.    भजनगुरुहरु, वाद्यगुरुहरुलाई तिनीहरुले दिने सेवाका आधारमा उचित पारिश्रमिकको व्यवस्था हुनुपर्ने देखिन्छ ।
७.    वाद्यसामग्रीहरुको निर्माण गर्न नयाँ पुस्तालाई प्रेरित गराई निर्माणसम्बन्धी तालिम दिनु आवश्यक देखिन्छ ।
८.    भजन–सङ्गीतलाई दीर्घजीवन दिन स्वरलिपि तयार पार्नुपर्ने देखिन्छ ।
९.    उल्लिखित विभिन्न कार्य गर्न भक्तपुरमा भजनलगायत भक्तिसङ्गीत, कला, नृत्य, भजन साहित्य, वाद्यवादन, प्रशिक्षण, पुस्तकालयसम्बन्धी विषयका सङ्ग्रहालय स्थापना, अध्ययन, अनुसन्धान, प्रकाशन कार्य गर्ने स्वतन्त्र निकायका रुपमा भक्तपुर कला प्रतिष्ठानको स्थापना हुनु अति आवश्यक देखिन्छ ।

प्रतिवेदक डा. इन्दुल केसीको परिचय
मेरो नजरमा डा. इन्दुल केसी
दुई थुङ्गा फूल


– संस्कृतिविद् सत्यमोहन जोशी
शताब्दीपुरुप, लोकसंस्कृतिविद्, साहित्यकार तथा
 तीनपटक मदन पुरस्कार पाउने एक मात्र नेपाली स्रष्टा
विविध भाषाका ज्ञाता
मातृभाषाका पूजारी
विविध उपचारका ज्ञाता
विकल्पका प्रयोगवादी
सच्चा समाजसेवी
बहुमुखी प्रतिभाका धनी
डाक्टर इन्दुल केसी ।।१।।

भजन–कीर्तनका गायक
कविता आदिका लेखक
कलाकृति र संस्कृतिका अनन्य भक्त साधक
सरल स्वभावका मृदुभाषी
क्रियाकर्ममा परोपकारी
व्यक्ति एक प्रतिभा अनेक
डाक्टर इन्दुल केसी ।।२।।
ááá

(साभार ः    १.    राष्ट्रसंरक्षण साप्ताहिक, वर्ष ९ अड्ढ २६
        २.    अरुका आँखामा डा. इन्दुल सड्ढलक ज्यो. पं. रमेश अधिकारीको किताबबाट)

अध्ययन तथा अनुसन्धानकर्ताको जीवनवृत्त

नामः डा. इन्दुल केसी (९८४१३३४११३)
जन्ममितिः १९९८ साल मंसिर २७ गते
जन्मस्थान ः भक्तपुर नगर–४, मङ्गलाछें
शिक्षा ः एमए–बीएल (नेपाल), पोस्ट ग्य्राजुएट (शिक्षाशास्त्र – बेलायत) र पीएचडी (वैकल्पिक उपचार – भारत)
भ्रमण ः नेपालका ६० जिल्ला, भारतका सम्पूर्ण प्रान्तहरु, संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्विटजरल्यान्ड, जापान, थाइल्यान्ड, हङकङ, कतार, इजराय, ग्रीस, ताइपेयी, तिब्बत
पेसा ः नेपाल सरकारका विभिन्न ओहोदाहरुमा रही ३० वर्ष सेवा गरी सेवानिवृत्त, शिक्षण, स्वास्थ्योपचार सेवा, काननुी सेवा, समाजसेवा
प्रशिक्षक ः योग तथा प्राकृतिक चिकित्सा, रेकी, सुजोक, इनर्जी हिलिङ, अकुप्रेसर, पत्रकारिता, व्यवस्थापन
आबद्धता ः शब्दयात्रा प्रकाशन (आजीवन सदस्य), मङ्गलयोग तथा प्राकृतिक उपचार केन्द्र (निर्देशक), कला–संस्कृति भजन महागुठी (संस्थापक अध्यक्ष), भक्त समाज नेपाल (संस्थापक अध्यक्ष), नेवाः कला–संस्कृति प्रतिष्ठान (संस्थापक अध्यक्ष), विश्वशान्ति ध्यान केन्द्र नेपाल (संस्थापक उपाध्यक्ष), वाद्य संग्रहालय (संस्थापक), व्यवस्थापन तालिम तथा अनुसन्धान केन्द्र ःत्च्ऋ (संस्थापक अध्यक्ष), पथिक हेल्थ फाउन्डेसन नेपाल (निर्दे

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *