ललकु माविमा मुर्ति अनावरण दाता परिवार लगायत दर्जनौं समाजसेवी लाई सम्मानित


भदौ २, २०७८, बुधबार | विहान १०:४१ बजे | 35


ललकु माविमा मुर्ति अनावरण दाता परिवार लगायत दर्जनौं समाजसेवी लाई सम्मानित


लहान । सिरहाको लहान नगरपालिका वाडा नं ३ मा रहेको श्री लक्ष्मण ललिता कुशवाहा मा.वि.मा सोमवार बृहत् जनसमुदायको उपस्थितिमा मूर्ति स्थापना,अनावरण र एसईई को २५ ब्याच निकाल्न सफल रहेको उपलक्ष्यमा भव्यताकोसाथ कार्यक्रम गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राम नारायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि दाता लक्ष्मण मेहता,ललिता देवि मेहता अतिथिमा पशुपति आदर्श मा. वि. लहानको पुर्व प्र.अ विश्वनाथ महतो,फुलेश्वर महतो, लनपा वडा नं ३ को वाडा अध्यक्ष राम दयाल महतो लगायतका उपस्थिति रहेको थिए ।

कार्यक्रममा दाता लगायत विधालयलाई सहयोग गर्ने दर्जनौं सहयोगी मनहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । गणेश भगवान,हनुमानजी र महादेवको मुर्ती स्थापनामा सहयोग गर्नुहुने दाता लक्ष्मण मेहता, विश्वनाथ महतो, हिरालाल महतो लगायतलाई  अध्यक्ष महतोले धन्यवाद दिदै उहाँहरुले विधालयको विकासमा गरेको योगदानको वारेमा चर्चा गर्नु भएको थियो ।

मनतव्यको क्रममा फुलेश्वर महतोले     यो विधालय एउटा ऐतिहासिक विद्यालय हो यहाँ सदियो देखि हिन्दु धर्मलम्विहरुले छठ पर्व र समाचकेवा धुम धाम सँग मनाउँदै आईरहेका छन् तर हिन्दुहरुका आस्थाको केन्द्र भगवान् गणेश,हनुमानजी र महादेवको मूर्ति एकैसाथ स्थापनाले स्थानीय नागरिक समाज खुशी  भएका छन् । अध्यक्ष महतो न्यूक्त भएदेखि स्थानीय सरकार र समाजका अगुवाहरुसँग सहकार्य गरेर यो विद्यालयलाई दिन प्रतिदिन प्रगतिको पथमा लगिरहेको  कुरा व्यक्त गर्नु भयो ।
 
प्र.अ शिव शंकर महतोले यो विद्यालय गुणस्तरीय शिक्षा दिन जहिले पनि रतिभर  पछि नहटेको कारण प्रत्येक वर्ष एसईईमा राम्रो परिणाम ल्याउन सफल भएको जनाउनु भयो ।

Comments