मीरा राजभण्डारीको चेतावनी
भदौ २, २०७८, बुधबार | विहान ०१:१० बजे | 30
चितवन भरतपुर महानगरपालिकाको मुख्य बजार आसपासमै रहेको महंगो जग्गा बिक्री ( जेठाजु र श्रीमान् ) समेतले मिलेमतोमा गरेको खबरले हाल अमेरीकामा रहेकी मिरा राजभण्डारीलाई पिरोलेको छ । भरतपुर महानगरपालिका वडा नं ५ मा रहेको कित्ता नं १९६४ देखी ८२७ , १९६७ , १०४३ , १९६२ गरी जम्मा छेत्रफल १५५९.५६ बर्ग मिटर तथा भरतपुर वार्ड नम्बर १२ मा रहेको जग्गाहरु समेत गरी मालपोत कार्यलय चितवन बाट तीन जनाको नाममा( भुवन मिराका श्रीमान् ) बाहेकको नाममा संयुक्त पास गरी सहकारीको नाममा पास गरेको पाईएको छ ।
आमा हिरामाया अमात्यको निधन पछि हालै तीन दाजु भाई रोषन कुमार अमात्य, तोरन कुमार अमात्य र सुमन अमात्यको नाममा पास गरिएको छ । जब कि मिराका श्रीमान् भुवनलाई कुनै जग्गा दिईएको छैन । भुवनलाई फकाएर ५२ सालमा चार लाख रुपैया दिएर अंशको कागज थमाईएको थियो । जसमा मिराले सहमति नजनाउदा जबरजस्ती गरिएको थियो ।
यति सम्मकि परिवार भित्र कमजोर अवस्था भएका भुवन र मीरालाई परिवारको सम्पत्ति कति छ भनेर कहिल्यै पूरा जानकारी समेत नदिईएको गुनासो मीराको छ ।
भरतपुरको त्यो जमिन करीब २५ करोड रुपैयामा बिक्री भएको भए पनि १० करोड मात्रै थैली देखाईएको जानकारी आफूले पाएको मीराले बताईन् । त्यो जग्गा हालै भरतपुरमा रहेको शिव शिखर बहु उद्देस्यिय सहकारी सहकारी संस्था लिमिटेड ( मुख्य कार्यलये कौशल तार भक्तपुर ) ले खरीद गरेको बुझिन आएको छ । त्यस बापत आएको पैसा चार भाग बराबरी हुनु पर्नेमा अरु भाईले धेरै लिएर आफ्नो श्रीमान्लाई न्युनतम मात्रै पैसा दिएको गुनासो मीराको छ ।
२०४९ सालमा विवाह भएदेखि नै दुखः गर्दै आएकी मीराले अत्यन्त मेहेनत गरेर छोरा छोरी हुर्काईन् । घरको अंश नलिई दुखः गरेर कमाएको घर लिलामी हुने भएपछि उनी जापान गएर समेत परिश्रम गरेर घर उकासिन् । यतिखेर छोरा र छोरी पढाउन उनी रिन पान गरेर अमेरीकामा छिन् । छोराछोरी पढाउनकै लागि उनले महंगो ब्याजमा रिण समेत लिएकी छन् । उनका श्रीमान् भुवन जापानमा श्रम गर्दै थिए । उनी पनि हाल जापानबाट नेपाल फर्किसकेका छन् ।
यही मौकामा सोझा श्रीमान्लाई फकाएर महंगोमा बिकेको जग्गाबाट न्युनतम मात्रै पैसा दिएर अरु दाजुभाईले हडपेको मीराको गुनासो छ ।
त्यस विषयमा मीराले जेठाजु सहितलाई त्यो घर जग्गा सबै आफू नआउन्जेल विक्री नगर्न चेतावनी दिए पनि यता भने जेठाजुहरुले धमाधम विक्री गर्न थालेपछि उनले अब सम्पत्तिको अधिकारका लागि सबै कानुनी लँडाई लड्ने बताएकी छन् ।
कठमाण्डौँ महानगरपालिका वडा नं १० शान्तिनगरमा दुखः गरेर भुवनले जोडेकोे ४ आना ३ पैसामा बनेको घर पनि अंशकै नाममा रोषन अमात्य (दाजू) को नाममा पास गर्न लागिएकोे खबरले मीराको मन पोलेको छ । त्यो घर जग्गा काठमाण्डौको सो घर जग्गा र भरतपुर वार्ड नम्बर १२ मा समेत् २८ वर्ष अघि भुवन अमात्यले जापानबाट कमाई गरेर आमाको नाममा किनि दिएका थिए । त्यही घर र भरतपुर मा आफुले किनेको जग्गा मात्रै चार भाग लगाउदा पनि डेड करोड मात्रै आँउछ त भागमा ? मिराले प्रश्न गरिन् ।
यो २५ वर्षको अवधिमा अरु दाजुभाईले पनि कमाएका होलान, जोडेका होलान् सबैको भाग किन नलगाउने ? उनको थप प्रश्न छ । करोडौँको मुल्य पर्ने सो घर रोसन कुमार अमात्यको नाममा मंगलबार पास गर्ने तयारी भएको बुझिएको छ । मैले दुखः गरेको छु, छोरा छोरी ठूला भए, उनीहरुले अधिकार खोज्ने बेला भयो , यो अवस्थामा समेत झुक्याएर, फकाएर त्यत्रो घर बिना सहमति दिन पाईन्छ ? मीराले प्रश्न गरेकी छन् ।
श्रीमान् सोझो भएकै कारण परिवारका सदस्यले बिरामी भएका बेला नहेरेको, जबरजस्ती सानो बाबु भएकाले बेला चार लाख अशं लिएको भनेर कागज गराएको , कागज गर्न नमान्दा माईलो ससुरा बा सहितले घेरेको स्मरण पनि मिराले गरिन् । उनलाई त्यो करकाप गरेर चार लाख बुझेको कागज गराउदा आफ्नै आमासँग फोन सम्पर्क समेत गर्न नदिएको गुनासो मीराको छ । यस विषयमा विस्तृत समाचार अर्को अंकमा प्रकाशित गरिनेछ ।
मिर्मिरे अनलाइनबाट