व्यासको फोहोर बुधबारबाट उठ्ने, बेल्बासमा व्यवस्थापन गर्ने तयारी


भदौ १, २०७८, मङ्गलबार | दिउँसो १२:५७ बजे | 30


व्यासको फोहोर बुधबारबाट उठ्ने, बेल्बासमा व्यवस्थापन गर्ने तयारी

बिराज अधिकारी
तनहुँ । अस्थायी ल्याण्डफिल साइट भरिए पछि रोकिएको व्यास नगरपालिकाको फोहोर संकलन बुधबारबाट हुने भएको छ ।


व्यास नगरपालिकाले हाल कुहिने फोहोर संकलन गर्दै आए पनि ल्याण्डफिल साइटमा लैजाने नकुहिने फोहोर भने संकलन गर्न सकेको छैन । दिनहुँ फोहोर संकलन नहुँदा सफासडक मै फोहोर थुप्रिकाले सहर विकृत देखिएको स्थानीयको गुनासो थियो ।

व्यास १३ बेल्बासमा ल्याण्डफिल गर्ने काममा कुहिने फोहोर उपयोग गर्ने गरी सामुदायिक वनसँग सहमति भएको नगरपालिका श्रोतले बताएको छ । ‘भोलीबाट फोहोर संकलन हुन्छ,’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले   भने,‘पूर्वाधारको तयारी गरिएको छ ।’

व्यास नगरपालिकाले व्यास १ स्थित आदिकवि भानुभक्त क्याम्पस तलको जग्गामा फोहोर छुट्याउने र कुहिनेलाई मल बनाउन गाई संरक्षण केन्द्र तथा नकुहिनेलाई बेल्बासमा लगेर व्यवस्थापन गर्ने योजना बनाएको छ ।

Comments