भक्तपुरबाट आयो फेरि नयाँं अनलाइन


भदौ १, २०७८, मङ्गलबार | विहान ०४:१९ बजे | 30


भक्तपुरबाट आयो फेरि नयाँं अनलाइन

“सकारात्मक पत्रकारिताका लागि” भन्ने नाराका साथ २०७० सालदेखि प्रकाशन भइरहेको ग्रेस टाइम्स अनलाईन संस्करणबाट पनि पढ्न सकिने भएको छ । साहित्यकार एवम् युवा राजनीतिकर्मी श्रीराम खाइजूको विशेष आतिथ्ययमा आज सो अनलाईनको विधिवत प्रकाशन शुरु गरिएको हो ।
ग्रेस टाइम्सका   प्रकाशक तथा प्रवन्ध निर्देशक केशव लुइटेलले देशमा सकारात्मक पत्रकारिताको जग बसाल्ने प्रयासस्वरूप ग्रेस टाइम्स प्रकाशनमा आएको र अब सोही कार्य अनलाईनमार्पmत सूचना, संगीत, साहित्य र जनसरोकारका विषय दैनिक प्रकाशन हुने बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि श्रीराम खाइजूले शुभकामना मन्तव्य दिँदै यस प्रयासमा आप्mनो साथ र सहयोग रहने बताउँदै सम्पूणर् न्यायप्रेमी जनताले साथ दिने बताउनुभयो ।
त्यस्तै पत्रकारितामा विद्यावारिधि गर्नुहुने पहिलो नेपाली कृष्ण किसी र ग्रेस टाइम्सका कार्यकारी सम्पादकले पनि आफ्नो मन्तव्य व्यक्त गर्दै अनलाईन आजको आवश्यता हो भन्ने जिकिर गर्दै युगसापेक्ष यसलाई अपडेट गर्दै जानेमा विश्वास व्यक्त गर्नुभयो ।
ग्रेस एफएम १०७.६ मेगाहर्ज हुँदै ग्रेस टाइम्स साझा हालखबर, नेपाल प्रेस सोसाइटी (प्रेस क्लब) र अहिले ग्रेस टाइम्स अनलाईनसम्म पुगेको विवरण प्रस्तुत गर्दै कार्यक्रम सञ्चालक एवम् ग्रेस एफएमका कार्यक्रम निर्देशक एवम् समाचार प्रमुख रामगोपाल आशुतोषले निकट भविश्यमा आफ्नै युट्युब च्यानल र ग्रेस टिभी सञ्चालन हुने बताउनुभयो ।


Comments