मध्यपुर थिमीमा नेपाल मास्क कार्यक्रम सुरु
साउन ३२, २०७८, सोमबार | साँझ ०४:०६ बजे | 60
मध्यपुर थिमीमा मास्क लगाऔं एक अर्कालाई बचाऔं भन्ने नाराका साथ आज नेपाल मास्क कार्यक्रम सुरु गरैको छ। मध्यपुर थिमीको दुई पोखरीमा कार्यक्रम गरिएको हो।
कर्यक्रममा ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले यो कार्यक्रम ललितपुरमा पनि सुरु भएको जानकारी गराए । अहिले सबैसंग मास्क छ तर कसैको मास्क हातमा, चिउडोमा, खल्टीमा राखेर हिड्ने गरेको उनी सुनाउँछन् । त्यसैले स्वयमसेवक घरघरमा गएर मास्क कसरी लगाउने सिकाउने यसको महत्वको बारेमा पनि बुझाउने छ, उनले भने ।
मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठले कोरोना भाइरस दिनदिनै बढ्दै गएको कारणले नेपाल मास्क अभियान मध्यपुरबाट सुरु गरको बताए। सिसिएमसी कोभिड संकट व्यवस्थापन समितिको तथ्यांक अनुसार भक्तपुर जिल्लामा सबैभन्दा बढी संक्रमित नगरपालिका मध्यपुर रहको र त्यसमा पनि सबैभन्दा बढी वडा नम्बर ४ मा देखिएकोले ४ वडाबाट मास्क वितरण सुरु गर्न लागेका हौं, उनले भने। [[img2]]
कोरोनाबाट बच्ने सजिलो र सस्तो तरिका भनेको मास्क लगाउनु रहेको उनको भनाई छ। यो मास्क अभियानले कोरोना संक्रमण कम हुन्छ भन्ने विश्वास गरेको छु, उनले भने। भ्याक्सिन पनि हो तर सबैलाई पुरयाउने समय लाग्ने भएको उनले सुनाए।
अहिले बंगलादेशबाट आएको ५ लाख मास्क वितरण गर्ने भएको उनले बताए। अमेरिकाबाट ३ करोड मास्क ल्याउने तयारी भइरहेको उनले जनाए। उनले ४ वडाबाट सुरु गरेर नगरपालिकाको ९ वटा वडामा वितरण गर्ने योजना रहेको सुनाउँछन्। बाङगलादेशमा मास्क वितरण कार्यक्रम गरेकै कारण कोरोना सक्रमण भएको उदाहरण पनि दिएका थिए।
घरघरमा मास्क वितरण गर्न १५ जन स्वयम सेवक परिचालन गरेका छन्। उनीहरु एउटा घरमा ३ जना वा कम सदस्य भए २५ वटा मास्क र ३ जना भन्दा बढी सदस्य भए १ पाकेक (५०) वटा मास्क निःशुल्क वितरण गर्छन्।[[img3]]
कोभिड १९ ¥यापिड एक्सन टाक्स फोर्स र नगरपालिकाको समन्वयमा यो अभियान सुरु भएको हो। यो मेलम्ची, सुनसरीमा पनि सुरु हुन लागेको जनाएको छ। धेरै संक्रमण भएको ठाउँहरुलाई लक्षित गरेर देशभरी नै संचालन गर्ने योजना रहेको जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...