मुद्दाको आरोपमा सत्यता नरहेको रामबृक्ष साहको दाबी


साउन ३२, २०७८, सोमबार | विहान ०१:०२ बजे | 55


 मुद्दाको आरोपमा सत्यता नरहेको रामबृक्ष साहको दाबी

महेश सिंह

सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर – २२ मा रहेको सलहेश फुलवारीलाई जोड्ने नयाँ  कृषि  सडक अहिले बिबादास्पद बनेको छ । सोही ठेगाना स्थायी बसोबास गर्ने रामबृक्ष साहलाई प्रतिवादी बनाई ( नव निर्मित नयाँ बाटोमा ) जग्गा पर्ने तीन जना जग्गा धनिले मिति २०७७ चैत्र २७ गते सिरहा जिल्ला आदालतमा  मुद्दा दिएको छ ।

करिब आधी किलो मिटर लम्बाई र १५ फिट चौडाईको नव निर्मित सडक लहान नगरपालिकाले निर्माण गरेको हो ।  
तिनै जनाले  जिल्ला आदालत सिरहामा दिएको मुद्दामा मेरो चरीत्र हत्या गर्ने प्रयास भएको साहले बताए । सडकले आम जनतालाई फाईदा गर्ने छ भन्दै  उनले भने  –ञनवनिर्मित कृषि सडकको  नजिक मेरो स्कुल छ , तर मेरो स्कुलमा साविक देखि नै बाटो छ, उक्त नव निर्मित  बाटोले मलाई  मात्र ब्यक्तिगत फाईदा गर्दैन , सबैलाई फाईदा गर्छ । ,  

उनीहरुले अतिक्रम गरी बनाएको कच्ची सडक बाटो खुलाई समेतको बिषयमा मुद्दा दिएको हो ।  
साहले ब्यक्तिगत फाईदाका लागी सो सडक निर्माण गरेको उनिहरुको आरोप छ । मुद्दा दायर गर्नेहरुमा जिल्ला सिरहा लहान नगरपालिका वडा नम्बर –२२ बस्ने झौली साह , लहान – ४ कि बिभा कुमारी यादव र लहान – ३ कि कपिलेश्वरी देवी रहेको रामबृक्ष साहले पत्रकार सम्मेलनको आयोजना गरी बताएका छन् ।

दिएको मुद्दा पुर्ण रुपमा राजनीतिक षड्यन्त्र   रहेको र उक्त  आरोपमा सत्यता नरहेको उनले दाबी गरे । मेरो स्कुलको उत्तर पट्टि टासेर उक्त सडक निर्माण भएको हुनाले ,  मलाई ईङ्गित गरी उनिहरुले म माथी झुठो आरोप लगाईएको उनले बताए । स्कुलको बाटो साविक देखि नै छ , उक्त बाटो देखि स्कुल कुनै सरोकार राख्दैन्  साहले फेरी दोह्र्याए । सरोकारवाला निकायलाई  स्थलगत रूपमा आई सत्य तथ्य छानबिनका साथै न्यायका लागी आग्रह गरेका छन् ।

Comments