डिसीसीएमसी बैठकः अहिलेकै मोडलको निषेधाज्ञा निरन्तरताको सम्भावना
साउन ३१, २०७८, आइतबार | दिउँसो ०२:३८ बजे | 30
बिराज अधिकारी
यसअघि तोकिएको निषेधाज्ञा अवधि सकिन एकदिन मात्र बाँकी रहँदा आईतबार भावी दिनको योजना तय गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसीसीएमसी) र सुरक्षा निकाय दुवैको बेग्ला बेग्लै बैठक बस्दैछन् ।
जिल्ला प्रशासन कार्यालयमा दिउँसो करिब ४ बजे सुरक्षा समितिको बैठक र लगत्तै बस्ने डिसिसिएमसी बैठकले निषेधाज्ञा निरन्तरता वा अन्य कडाईबारे सिफारिस गर्नेछन् ।
अहिलेको अवस्थामा निषेधाज्ञा हट्ने सम्भावना करिब शून्य रहेको जानकार बताउँछन् । ‘तेश्रो लहरको जोखिमका बेला पुरै निषेधाज्ञा हट्ने सम्भवना छैन,’ एक अधिकारी भन्छन्,‘अहिल्यै थप कडाई पनि नहोला ।’
संक्रमण खतराको बिन्दुतिर
अहिलेसम्म तनहुँमा कोभिड संक्रमणको अवस्था खतराकै बिन्दुनजिक छ । शनिबारसम्मको आँकडाले जिल्लामा यो संख्या पाँच सय नजिक देखाएको छ । अस्पतालमा बिरामी बढिरहेकाले तत्काल खुकुलो हुने अवस्था नभए पनि उच्च बिन्दु नपुग्दासम्म थप कडाई गर्ने सम्भावना पनि कम देखिन्छ ।