स्वास्थ्य मापदण्ड पालना गरेर रगतदान गर्न अपील
साउन ३०, २०७८, शनिबार | विहान ०८:२० बजे | 40
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ५१ औँ पटक रक्तदान गर्नुभएको छ । प्रमुख शाक्यले महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ औँ पटक रक्तदान गर्नुभएको हो । ‘क्लवको स्थापनादेखि नै रक्तदान गर्दै आएको छु। यो मेरो ५१ औँ पटकको रक्तदान हो’ सोही वडाका स्थानीय वासिन्दा समेत रहनुभएका शाक्यले भन्नुभयो, ‘अरुलाई बचाउनका लागि गरिने रक्तदान उत्कृष्ट दान रक्तदान हो। त्यसैले मैले नियमित रुपमा रक्तदान गर्दै आएको छु। यो त्यसैको निरन्तरता हो । क्लवले ०४४ सालदेखि नियमित रक्तदानको आयोजना गर्दै आएको छ।’