विद्युत प्राधिकरणलाई चेतावनीः आइतबारसम्म विद्युत समस्या समाधान नभए तालाबन्दी
साउन २८, २०७८, बिहीबार | दिउँसो ०३:०० बजे | 60
बिराज अधिकारी
१० दिनसम्म विद्युत नियमित नभएको भन्दै म्याग्देवासीले नेपाल प्राधिकरण तनहुँ वितरण केन्द्रमा धर्ना दिएका छन् ।
कम भोल्टेजको लाईन आउने तथा कतिपय अवस्थामा विद्युत नै नआउने समस्या भोगेको लामो समयसम्म पनि समाधान ननिस्केको भन्दै धर्ना दिन आउन बाध्य भएको तनहुँ उद्योग वाणिज्य संघ थर्पू बजार एकाईका सभापति भीमलाल श्रेष्ठले बताए । ‘विद्युत जाने आउने गर्दा अधिकांश व्यापारीलाई मर्का परेको छ,’ उनले भने,‘फ्रिजमा राख्ने सामान बिग्रेर नोक्सानी भएको छ ।’
अहिलेको जमानामा पनि के कारणले लाइन बिग्रेको हो भनेर थाहा पाउन नसक्नु ज्यादै लज्जास्पद भएको भन्दै स्थानीय शिक्षक राम घिमिरेले कार्यालयमा कस्ता प्राविधिक छन् ? भन्दै प्रश्न गरे । ‘नसक्ने भए सक्दैनौं भन्नुस हामी प्रदेश केन्द्र गुहार्छाैँ ! तर हेलचक्र्याइ गर्न पाइँदैन,’ आक्रोसित मुद्रामा घिमिरेले भने