रेनी जग्गा एकिकरण आयोजनाः काम अघि बढाउन भवन विभागको सहमति


साउन २८, २०७८, बिहीबार | दिउँसो ०१:०० बजे | 35


रेनी जग्गा एकिकरण आयोजनाः काम अघि बढाउन भवन विभागको सहमति

बिराज अधिकारी
तनहुँ । व्यास १० बैरेनीस्थित व्यास नगरपालिकाको बहुप्रतिक्षित बैरेनी जग्गा एकिकरण कार्यक्रम अघि बढ्ने भएको छ । नगरपालिकाले नगर सभाबाट समेत पारित गरेको आयोजना अघि बढाउन सहरी विकास तथा भवन निर्माण विभागले सहमति दिएको छ ।

विभागका महानिर्देशक नवराज प्याकुरेलको उपस्थितिमा राष्ट्रिय भूकम्प प्रविधि समाज एनसेटका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठ, व्यास नगरपालिकाका वरिष्ठ ईञ्जिनियर रवीन्द्रलाल मूल तथा अर्का ईञ्जिािनयर कपिल रिजालसमेतको बैठकले काम अघि बढाउने निर्णय गरेको हो ।

नगरपालिकाले पठाएको परिमार्जित मस्यौदालाई नै आयोजनाको रुपमा अध्ययन गरी काम अघि बढाउने निर्णय बैठकमा भएको वरिष्ठ ईञ्जिनियर मूलले बताए ।।

Comments