कुनकुन पार्टीका कोको प्रवेश गरे मध्यपुर माओवादीमा हेर्नुहोस्
साउन २६, २०७८, मङ्गलबार | विहान ०२:०० बजे | 25
भक्तपुर । माओबादी केन्द्रको साहाएक संगठण वाईसियल भक्तपुर जिल्ला अन्तर्गत मध्यपुर ठिमी नगरको भेला तथा पार्टी प्रवेश कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम मा प्रमुख अतिथि माओबादी केन्द्र बागमति प्रदेश इन्चार्ज हितमान शाक्य बिषेश अतिथ्यतामा जिल्ला इन्चार्ज दिलिप प्रजापति, वाईसियल केन्द्रीय अध्यक्ष दिपशिखा रहेको थियो। भने अतिथि हरुमा माओबादी भक्तपुर जिल्ला अध्यक्ष डि पी ढकाल वाई सि यल बागमति प्रदेश इन्चार्ज कसम गुरुङ प्रदेश अध्यक्ष नकुल गौतम जिल्ला इन्चार्ज आक्रोश जिल्ला अध्यक्ष नरेश वाईवा वाई सि यल सिन्धुपाल्चोक इन्चार्ज योगदान अध्यक्ष सबिन क्षेत्रिय संयोजक नरेश रन्जित लगायत पार्टी जिल्ला कमिटिका र वाई सि यल केन्द्रीय जिल्ला स्तरीय नेताहरुको उपस्थित रहेको थियो।
उक्त कार्यक्रममा मध्यपुर ठिमीका बिभिन्न पार्टी परित्याग गरि २०० युबाहरु माओबादी केन्द्रमा प्रबेश गरेका छन । नब प्रबेशी हरुलाई प्रमुख अतिथि माओवादी केन्द्र बागमती प्रदेश इन्चार्ज हितमान शाक्य लगायत बिषेश अतिथि अन्त अतिथिहरूले खादा र अबिर लगाएर स्वागत गरेका थिए ।
आमुल परिबर्तनको संवाहक माओवादी केन्द्र भएको र देश माओवादीको एजेन्डा मा चलेको र देशको भविष्य माओवादी पार्टी मात्रै रहेकोले हामी माओवादी र वाई सि यलमा गोलबन्द हुन आएका हौ नि प्रवेशी युवाहरुले जिकिर गरेका छन।
कार्यक्रममा वाई सि यल मध्यपुर नगरको नयाँ कार्य समितिको प्यानल पेश वाई सि यल जिल्ला अध्यक्ष नरेश वाईबाले गरेका थिए ।नयाँ कार्य समिति अमित कारंजितको अध्यक्षतामा ४१ जना सर्वसम्मत चयन भएका थिए ।
नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिदै जिल्ला अध्यक्ष नरेश वाईबाले अब भक्तपुरमा वाई सि यल जागिसकेको छ साईबर स्याल र बा‘दर सेनाहरुको दिन गएको भनाई उनको थियो । नयाँ प्रबेशी युबाहरुलाई संगठणले बिभिन्न कमिटी राखि जिम्मेवारी दिने प्रतिबत्तता समेत उनले गरेका थिए ।
नब निर्बाचित कमिटीलाई वाइ सि यल बागमती प्रदेश अध्यक्ष नकुल गौतमले सफत खुवाउदै बधाई तथा शुभकामना दिएका थिए ।
उक्त भेला तथा पार्टी प्रवेश कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य प्रमुख अतिथि माओवादी केन्द्र बागमती प्रदेश इन्चार्ज हितमान साक्य बिषेश अतिथि द्वय पार्टी जिल्ला इन्चार्ज दिलिप प्रजापति वाई सि यल केन्द्रीय अध्यक्ष दिपशिखा पार्टी जिल्ला अध्यक्ष डि पी ढकाल वाई सि यल बागमती प्रदेश इन्चार्ज कसम गुरुङले नव कार्य समितिलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला अध्यक्ष डि पी ढकालले भक्तपुरमा माओवादी सकियो भन्नेहरुलाई यो भब्य युवा भेलाले देखाई दिएको र अबको दिनमा चारै वटा नगरमा देखाई दिने र माओवादी एक नम्बर भएर निस्किने र साईबर सेना प्रमुख को दिन खस्किदै जाने र सिद्धिने जिकिर गरेका थिए ।
त्यसैगरी वाई सि यल केन्द्रीय अध्यक्ष दिपशिखाले कुनै बेला माओवादी अध्यक्ष प्रचन्डको जमानत जफत को कुरा गर्ने महेश बस्नेतलाई उस्कै निर्बाचन क्षेत्र बाट जमानत जफत हुने गरी धुलो चटाउन भुमिका खेल्न युवालाई निर्देशन दिदैं अहिलेको युवा यस काममा सक्षम भएको र प्रतेक निर्बाचन क्षेत्रमा एक एक हजार वाई सि यल बनाउन जिल्ला वाई सि यल लाई निर्देसन दिए ।
उनले धरहरा बनिसकेको तर कोही पनि हाम नफालेको भनि महेश बस्नेतलाई ईङ्गित गरी ब्यङ्ग समेत गरेका थिए ।
त्यसैगरी बिषेश अतिथि जिल्ला इन्चार्ज दिलिप प्रजापतिले अबको समाजबादी आन्दोलनमा युवाको महत्वपूर्ण भुमिका रहने हुँदा सकृयताका साथ पार्टी र संगठनमा लाग्न आम युवाहरुलाई निर्देशन दिदै अब देशको भविष्य युवाको हातमा रहेको भनाई राखेका थिए ।
त्यसै गरि उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि माओवादी केन्द्र बागमती प्रदेश इन्चार्ज हितमान शाक्यले दश बर्ष को माहान जनयुद्धले प्राप्त अहिलेको ब्यबस्था संघिय लोकतान्त्रिक गणतन्त्र समाबेशी समानुपातिक धर्म निरपेक्ष लगाएतको उपलब्धिलाई उल्टाउन बिभिन्न खाले प्रतिकृयाबादी देशी बिदेशी शक्ति लागि परेको आरोप लगाए । यस्ता खाले षडयन्त्र लाई परास्त गर्न माओवादी केन्द्र हरदम षङ्घर्ष गर्न तयार रहेको उनको जिकिर थियो । अबको युबा माहान बलिदानबाट प्राप्त ब्यबस्था लाई जोगाउदै देश बिकाशमा लाग्नु पर्ने भनाई राख्दै भक्तपुरमा युवाको उत्साहा देख्दा माओवादी आन्दोलन फेरी नयाँ उचाईमा पुग्न समय नलाग्ने जिकिर गर्दै नव निर्बाचित युवा कमिटीलाई बधाई तथा शुभकामना दिए ।
कार्यक्रमको सभापति माओवादी मध्यपुर नगर अध्यक्ष बिजय श्रेष्ठले र स्वागत मन्तव्य नगर इन्चार्ज कृष्ण लाल गोजाले गरेका थिए ।