तनहुँमा आज र भोली भेरोसेल खोप
साउन २५, २०७८, सोमबार | दिउँसो ०३:४३ बजे | 25
बिराज अधिकारी
यसअघि लगाइसकेकाका लागि तनहुँमा आज र भोली भेरोसेल खोप लगाइंदैछ । दोश्रो चरणमा प्रदान गर्नका लागि झण्डै ४२ हजार नागरिकका लागि खोप आउने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
जसअन्र्तगत पहिलो चरणमा यस अघि खोप लगाइसकेकाहरुका लागि करिब २५ हजार थान भेरोसेल १० वटै तहले आज र भोली लगाउँदैछन् । यसलगत्तै झण्डै साढे १७ हजार थान कोभिशिल्ड खोप आउन लागेको छ।
यस अघि पहिलो मात्रा लगाएको २१ देखि २८ दिन पुगेका व्यक्तिहरुलाई खोप लगाउने गरी १० वटै तहमा तयारी पुरा भएको स्वास्थ्य प्रमुख अधिकारीले बताए ।
यो चरण सकिए पछि यस अघि कोभिशिल्ड लगाएका ६५ वर्षका नागरिक तथा प्राथमिकता प्राप्त व्यक्तिलाई पनि खोप ल्याउने तयारी छ ।
१७ हजार पाँच सय ४३ थान यस्तो खोप लगाइनेछ । केही दिनभित्रै यसको पनि ढुवानी हुने स्वास्थ्य प्रमुख अधिकारीले बताए ।
पछिल्लो समय एक पछि अर्को गर्दै खोप लगाउने अभियानमा वृद्धि भैरहेको छ ।