विश्व आदिवासि जनजाति दिवसका अवसरमा रक्तदान


साउन २३, २०७८, शनिबार | दिउँसो ०३:५५ बजे | 30


विश्व आदिवासि जनजाति दिवसका अवसरमा रक्तदान

बिराज अधिकारी
दमौलीः २७ औं विश्व आदिवासि जनजाति दिवसका अवसरमा शनिबार दमौलीमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रक्तदान जिवनदान भएकोले महत्त्वपूर्ण कार्यको लागि आदिवासि जनजातिलाई धन्यवाद दिए ।
दमौली अस्पतालमा डायलासिस का बिरामी धेरै भएको र रगतको अत्यन्तै आबस्यकता रहेको अबस्थामा रगत संकलन कार्यले अत्यन्तै ठुलो योगदान पुग्ने उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोभिड त्रास झनै बढेको हुँदा सतर्क रहन आग्रह गरे ।
सोहि कार्यक्रममा कुसुण्डा जातका ईन्द्रमाया कुसुन्डा र छोरी सीमान्त कुसुन्डा कुसुण्डालाई स्टेसनरी सामान तथा चामल , दाल , आलु राहत स्वरूप वितरण गरिएको सचिव नन्दु थापाले बताए ।त्यस्तै रोटरि क्लवका अध्यक्ष दिनेश श्रेष्ठले नगद सहित २ थान पानस जनजाति महासंघलाई सहयोग गरेको समेत थापाले जानकारी दिए । रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको आदिवासि जनजाति तनहुँकि अध्यक्ष बसुन्धरा घर्तीले बताइन् ।
गत सालमा सांस्कृतिक कार्यक्रम , मेला , महोत्सव गरेर दिवस मनाउने गरिएको भए पनि यसपटक कोरोना कहर र रगतको अभाव भएको भन्ने धेरै जनगुनासो सुनेपछि रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष घर्तीले बताइन् । अध्यक्ष बसुन्धरा घर्तीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको सचिव नन्दु थापाले सञ्चालन गरेका थि

Comments