घरेलु महासंघद्धारा संयुक्त रुपमा अन्तरक्रिया


असार २०, २०७७, शनिबार | दिउँसो ०१:३१ बजे | 20


घरेलु महासंघद्धारा संयुक्त रुपमा अन्तरक्रिया
काठमाडौं । नेपाल सरकारले दुई दर्जन स्वदेशी वस्तुहरुमा मुलुकलाई आत्मनिर्भर गराउने घोषणा गरे अनुरुप सम्भावित स्वदेशी वस्तुहरुको पहिचान र ती वस्तुहरुको वर्तमान अवस्थाकाबारेमा छलफल गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले विभिन्न वस्तुगत संघ तथा जिल्ला संघहरुसँग संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । महासंघको सभाकक्षमा आयोजित सो कार्यक्रम महासंघका कार्यवाहक अध्यक्ष श्री उमेश प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न भएको र कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष श्री सुरेश प्रधान, उपाध्यक्षहरु श्री शोभा गुरुङ्ग, श्री मोहन कटुवाल, महासचिव श्री डम्वर प्रसाद रेग्मी, कोषाध्यक्ष श्री सत्यनारायण प्रजापति, बागमती प्रदेशका उपाध्यक्ष श्री राजेन्द्रमान श्रेष्ठ लगायत पदाधिकारी तथा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे जिल्लाका अध्यक्ष, सचिव, जिल्ला महिला उद्यमी समितिका सभापति र महासंघ अन्तर्गतका विभिन्न वस्तुगत संघका अध्यक्ष र प्रतिनिधिहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा बोटलवाटर संघका अध्यक्ष सुबास भण्डारी , हस्तकला महासंघका उपाध्यक्ष ज्यु  ,सुनचाँदी व्यवसायी संघका अध्यक्ष ज्यु , भक्तपुर घरेलु संघका सचिव प्रेम कृष्ण खर्बुजा ज्यु , ललितपुर घरेलु संघका अध्यक्ष ज्यु  , काठमाडौं घरेलु संघका अध्यक्ष ज्यु  लगायतले आ(आफ्ना बिचार ब्यक्त गरेका थिए  । कार्यक्रममा उपस्थित हुनु भएका प्रदेश सदस्य शनिस लागेजुले कृषि उत्पादनका बारेमा जानकारी गराउँदै यसको महत्व र बिकासका बारेमा बोल्नु भयो । रेशाजन्य बस्तुहरूका  बारेमा रेशाजन्य बस्तु संघका अध्यक्षले , उलन जन्य उत्पादन र ब्याबसायी ,  मसला जन्य बस्तुहरू , बनपैदावारका बारेमा ,  अण्डा, कुखुरा बारेमा जानकारीहरू सम्बन्धित उघमी संघका पदाधिकारीहरुले आ(आफ्ना धारणा हरू ब्यक्त गरेका थिए । उत्त कार्यक्रममा ३६ ओटा बस्तुहरूमा नेपाल आत्मनिर्भर उन्मुख भएको जानकारी गराउँदै डण्डी, सिमेन्ट र किल्ला काटीहरूमा पनि करीब ९०५ आत्मनिर्भर भएको तर डण्डी बनाउने बिलेट चाही आयात मै निर्भर रहेकोको हुनाले नेपालमै रहेका फलाम खानीबाट उत्खनन शुरूगर्नुपर्ने कुरा आदित्य स्टील ईण्डस्ट्रीका प्रबन्ध निर्देशक सत्य नारायण प्रजापतीले बताउनुभयो । कार्यक्रममा निष्कर्ष निकाल्दै महासचिव डम्बर प्रसाद रेग्मी ज्युले ३६वटै बस्तुगत संघहरुले महासंघले उपलब्ध गराइएको फार्ममा पुर्णरूपमा भरेर पठाउन आग्रह गरेको थियो । महासंघका कार्यबाहक अध्यक्ष उमेश प्रसाद सिंह ज्युले  उघमीहरूले गर्नुपर्ने कार्यहरू र तीनै तहका सरकारले गर्नुपर्ने गर्नुपर्ने कार्यहरू बारे ब्यक्त गरेका बिचारहरूलाई क्रमबद्द तरीकाले मिलाई नेपाल सरकारका सम्बन्धित निकायहरूमा पुर्याउने धारणा राख्नुभयो ।“ स्वदेशी बस्तु प्रयोग गर्ने नीति ( २०७२“ लाई लागु गराउन सबैले आ(आफ्नो ठाउँहरूब्ट जोडबल गर्न सके महासंघको पहल सफल हुने विश्वास व्यक्त गर्नुभयो । महासंघका उपाध्यक्ष शोभा गुरुङ्ग ज्युले उपस्थित सम्पूर्ण धन्यबाद दिंदै गलैँचा उघोगीहरूको हालको अवस्था र सरकारले गर्नुपर्ने कामका बारेमा जानकारी दिनुभयो ।

Comments