विमान अपहरण घटनामा आधारित अक्षय कुमारको बेलबटम फिल्मको ट्रेलर सार्वजनिक


साउन २३, २०७८, शनिबार | विहान ०४:२३ बजे | 25


 विमान अपहरण घटनामा आधारित अक्षय कुमारको बेलबटम फिल्मको ट्रेलर सार्वजनिक

बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘बेलबटम’ को ट्रेलर सार्वजनिक भएको छ । रञ्जित तिवारी निर्देशित फिल्म अगस्ट १९ मा रिलिजको तयारीमा छ ।


सन् १९८४ मा भएको विमान अपहरण घटनामा आधारित रहेको फिल्ममा अक्षय एक जासुसको चरित्रमा देखिएका छन् । फिल्ममा अक्षयको अलावा वाणी कपुर, हुमा कुरेशी, लारा दत्ता पनि अभिनय रहेको छ ।
वाणीले फिल्ममा अक्षयकी पत्नीको भूमिका निर्वाह गरेकी छिन् । हुमा कुरेशी छानबिनमा सघाउने एक सहयोगीको भूमिकामा छिन् ।

Comments