के हो गथांमग च¥हे ? किन मनाइन्छ यो ?


2021-08-06 05:05:34

News Image

नेपाल सम्बत दिल्लागा चतुर्दशीका दिन मनाइने एक चाड हो गथांमग च¥हे । यो चाड लिच्छविकाल देखि सुरु भएको थियो । सिथिनखःलाई बर्षको अन्तिम चाडको रुपमा लिइन्छ भने सिनाज्या (धान रोप्ने काम) सकेपछी सर्वप्रथम आउने चाडलाई गथामग भनिन्छ । सिथिनखःलाई म्ह्यामचा नखः भनिन्छ भने यस चाडलाई कायमचा नखः भनिन्छ । भल्भला अष्टमी पछि बन्द भएको खिं, तः बाजाहरु यसै दिनबाट बजाउन सुरु गर्ने गरिन्छ ।  यसै दिन भक्तपुर नवदुर्गामा भगवान महादेवको सृष्टि हुने गर्दछ । महादेवको सृष्टिका निमित्त माटो मुछ्न गाथा (बनमाला थर) हरुले मुग (हथौडा) ले पित्ने भएकोले यस चाडलाई गथामुग भनिएको हो । यो चाड विशेषगरि सरसफाइ सम्बन्धित रहेको छ । सिनाज्याको समयमा सफाइ गर्ने फुर्सद हुन्दैनन । सिनाज्या पश्चात् घर सफाई गरि आफ्नो घर, टोल, देशमा रहेको दुष्ट (फोहर) लाई राक्षसको रुप दिएर मिल्काउने गर्दछ । पहिले पहिले धान रोप्ने धेरै हुन्थ्यो र काम गर्ने मानिसहरु थोरै भएका कारण जति काम गरेपनि नसकेका कारण भुतको साधना गर्थे । तान्त्रिक विधि अनुसार भुतको आवाहन गरि काम गराउथे । तर सिनाज्या पछि खासै काम नभएको, धेरै खाने भएकोले बच्चाहरु चोरेर खान थाल्यो भन्दै भुतहरु भगाउन घण्टा बजाउदै हथौड़ाले पिटि भगाउने गर्दछ । यसरी गथांमुगको दहन गर्दा अस्लिल शब्द बोलेर गाली गरि लौजान्छ भने दोबाटो वा चौबाटोमा दहन गरेपछि “रामकृष्ण बासुदेव, राधाकृष्ण बासुदेव“ भन्दै भगवानको नाम लिन्दै फर्किने गर्दछ । गँ(घण्टा) था (बजाउनु) मुग (हथौड़ा) भएकै कारण यस चाडलाई गथांमुग भनिन्छ । यस्ता भुत देखि नडराउन भनी यस दिन बच्चाहरुलाई चोकमा बालेको छ्वालीको आगो नाग्न लगाउदछ भने आजकै दिनबाट लाम्खुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने मान्यता रहेको छ । जसको अर्थ लाम्खुट्टेको टोकाइ कम हुन्छ भन्ने हो ।
भगवान हरिहरको सृष्टि बारे एक किंवदन्ती
भनिन्छ घण्टाकर्ण भगवान बिष्णुका भक्त थिए । उनी केवल भगवान् विष्णुको मात्र पूजा गर्दथे । एकदिन भगवान विष्णुले शिव र आफु एउटै भएकाले शिवको पनि पूजा गर्नु भन्दा घण्टाकर्ण मानेन् तब विष्णुले “हरि र शंकर“ एउटै हो भनेर देखाउन “हरिहर“को रुपको दर्शन दिए जस्मा आधा विष्णु थिए भने आधा शिव । तैपनि घण्टाकर्ण सन्तुष्त हुन सकेनन् । उनी बाहिर निस्केका बेला मानिसहरुले शिव शिव भनेर जिस्काउथे । सो सुन्नु पर्ला भनेर उनले आफ्नो कानमा ठूला–ठूला घण्ट झुण्डाएर हिड्थे । कसैले शिवको नाम लिने वित्तिकै कानको घण्टा जोड जोडले बजाउँथ्ये रे त्यसैले पनि यसलाई घण्टाकर्ण भनिएको किवंदन्तीमा उल्लेख गरिएको छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *