काठमाडौं । नेपाली इन्जिनियरिग क्षेत्रका ज्ञाता चर्चित इन्जिनियर डा प्रचण्डमान प्रधान मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इन्जिनियरिंग विराटनगरको डीनमा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालय धुलिखेलमा सिभिल डिपार्टमेन्टको प्रमुखका रुपमा कार्यरत डा प्रधान त्यहाँंबाट चार वर्षका लागि काजमा विराटनगर पुगेका हुन् ।
मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इन्जिनियरिंग विराटनगरका लागि विज्ञ इन्जिनियर आवश्यक भएको र पठाउन आग्रहपछि डा प्रधानलाई उपयुक्त मानेर त्यता काजमा पठाइएको हो । आफूले त्यता पनि उतिकै जिम्मेबारीका साथ आफनो भूमिका निभाउने उनले बताए ।
उनी गोर्खा इको प्यानलको पनि प्राविधिक सल्लाहकार हुन् । गोर्खा इको प्यानलले उनको प्रगतिमा बर्धा पनि दिएको छ । गोर्खा इको प्यानल भित्री तथा वाहिरी पार्टेशन वालका लागि प्रयोग हुने नयाँं निर्माण सामाग्री हो । गोर्खा इको प्यानल नेपालमै पहिलोपल्ट उत्पादित इको प्यानल हो । गोर्खा इको प्यानलको उत्पादन ईन्टरनेशनल गी्रन डेभलपर्स नेपाल प्रा. लि ले ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ नाराका साथ २०७२ सालदेखि उत्पादन थालेको थियो । संस्था आईएसओ ९००१ः२०१५ बाट मान्यता प्राप्त पनि छ । गा्रहक महानुभावहरुको सेवा, उपभोतmाको चाहना र गुणस्तरीय उत्पादन नै गोर्खा इको प्यानलको मुल लक्ष्य रहेको विश्वास जनाएको छ । ‘मेरो घर गोर्खा इको प्यानलको भर’ भनेकै इको प्यानल भनेर हामीले नाम अनुसार गुणस्तरीय सामाग्री उत्पादन गर्दै आएका पनि कम्पनीले जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments