ठिमीमा गाँजा फँडानी


असार २०, २०७७, शनिबार | विहान ०८:३७ बजे | 50


ठिमीमा गाँजा फँडानी
मध्यपुर थिमि । “समुदाय प्रहरी साझेदारी” अवधारणा अन्तर्गत महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर र सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको संयुक्त आयोजना तथा शंखधर टोल सुधार समितिको सहकार्यमा शनिबार गाँंजा फडानी कार्यक्रम भएको छ । महानगरीय प्रहरी बृत ठिमी कार्यालयका प्रहरी निरीक्षक पञ्चलाल गोलेको कमाण्डमा स्थानीयहरु समेत गरी ५० जनाको उपस्थितिमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.४ सुन्दरबस्तिदेखि दक्षिणबाराहीसम्मको एरियामा प्राकृतिक रुपमा उम्रिएका अन्दाजी दुई हजार बोट गाँजा फँडानी गरि नष्ट गरिएको हो ।

फाेटाेमा हेर्नुहाेस्...

Comments