महिनौंदेखि थुपारिएको फोहोर ब्यवस्थापन ः लहानका मेयर साहको फोहरी राजनीतिले बजार दुर्गन्धित बन्दै
साउन २१, २०७८, बिहीबार | विहान ११:५९ बजे | 65
मोहन सिंह
लहान– सिराहाको लाहान नगरपालिका वडा नम्बर ५ गुदरी बजार स्थित महिनो देखि फोहोर ब्यवस्थापनमा देखाएको उदासीनता का कारण शहर क्षेत्र नै प्रदुषित भएको छ । करिब एक महिना देखि जम्मा भएको फोहोर अन्ततः स्थानीय युवा नेता महेश चौधरीको नेतृत्वमा बजार ब्यवस्थापन समितीका अध्यक्ष लगायत पदाधिकारी र विभिन्न पार्टीका राजनीति दलका प्रतिनिधिहरुको सहभागीतामा फोहोर ब्यवस्थापन गर्न थालेका छन ।
फोहोरको दुर्गन्धले बाटो हिडनेलाई नाक मुख छोपी हत्तपत्त बाटो काट्ने बाध्यता छ भन्ने वरिपरि रहेका पसलहरुमा ग्राहक समेत पातलिदै गएका छन । सहिद चौक स्थित एक पसलेका अनुसार जम्मा भएको फोहोरका कारण दुर्गन्ध फैलिएको छ जसले गर्दा ग्राहक पसल आउन मानेका छैनन् ।
गत वर्षको लकडाउन देखि नै सामाजिक कार्यमा समय बिताईरहेका नेता चौधरीले आफ्नो सहयात्री संगिता कर्माचार्यको साथ छुटेपनी उनले समाजसेवा छोडेका छैनन् । विपन्न वर्गलाई खाद्यान्न वितरण गरि चौधरी र कर्माचार्य ’मस जोडी’ को नामले चिनिएका थिए । हाल उनको जीवन साथीले साथ छोडे यधपी चौधरीले आफ्नो संकल्प छोडेका छैनन् ।
युवा नेता चौधरीले भने ’विभिन्न बहानामा फोहोर उठाउन छोडनु यहाँका मेयर मुनी साहको फोहरी राजनीति हो । चुनावी प्रचारमा ठूलो ठूलो सपना देखाउने मेयर साह वास्तविक रुपमा फोहरी नै रहेको यहि फोहोरको डुंगुरले देखाएको छ ।’