रिसिङ बाढीपहिरोको लागि राहतसहित मुख्यमन्त्री नेपाली रिसिङ आउने
साउन २१, २०७८, बिहीबार | विहान ११:४३ बजे | 20
बिराज अधिकारी
दमौलीः बाढी पहिरोका कारण कैयौं घर क्षतिग्रस्त भएको र धनजनको नोक्सानी बेहोरेको ऋषिङ गाउँपालिकामा राहत प्याकेजसहित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आउने भएका छन् ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार उनी शुक्रबार गाउँपालिकाको स्थलगत भ्रमणका लागि तनहुँ आउँदैछन् । त्यसक्रममा उनले प्रदेश सरकारको बजेटमा मर्मत भैरहेको श्रृंगपथ सडकको निरीक्षण तथा प्रभावितका लागि प्रदेश सरकारका तर्फबाट राहत वितरण गर्नेछन्
प्रदेशको विपद् कोषबाट समेत तत्काल राहत दिएका मुख्यमन्त्रीले अरु थप सहयोगबारे समेत सोही अवसरमा घोषणा गर्ने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
‘हामीले संकटको घडीमा प्रदेश सरकारबाट सहयोगको अपेक्षासहित गएर गरेको अनुरोधपछि मुख्यमन्त्रीज्यूको निर्देशनमा काम भैरहेको छ,’ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने,‘उहाँले सरकारका कामको प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम छ ।’
बाढी पहिरोका कारण गाउँपालिकाका ३७ घर पूर्ण तथा ८६ घर आंशिक क्षतिग्रस्त छन् ।
गाउँपालिकाले अति जोखिममा रहेकालाई स्थानान्तरणको प्रक्रिया थालेको छ । प्रदेशको विपद् कोषबाट समेत तत्काल राहत दिएका मुख्यमन्त्रीले अरु थप सहयोगबारे समेत सोही अवसरमा घोषणा गर्ने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मुख्यमन्त्री नेपाली ऋषिङबाट घिरिङ हुँदै गृहजिल्ला नवलपरासी क्षेत्र जानेछन् । त्यसक्रममा विभिन्न सडक र विकास निर्माणको समेत अवलोकन गर्ने कार्यक्रम रहेको संविधान सभासद रामचन्द्र पोखरेलले जानकारी दिए ।