दमौलीमा श्रावण ३२ गतेसम्मका लागि निषेधाज्ञा
साउन २०, २०७८, बुधबार | विहान ११:०० बजे | 20
विराज अधिकारी
दमौली ः जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसीसीएमसी) बैठकले श्रावण ३२ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले बिहीबार राती सकिने निषेधाज्ञा साउन ३२ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए ।
थपिएको अवधिमा निषेधाज्ञासम्बन्धी व्यवस्थामा कुनै परिवर्तन भने हुने छैन । तर बैठकमा सक्रिय संक्रमित पाँच सय हाराहारी पुगेकाले कडाई गर्ने निष्कर्ष निकालिएको थियो । ‘अवस्था नियन्त्रणबाहिर जान लागेको छ,’ बरालले भने,‘तर छिमेकका जिल्लामा बन्द नभएकाले पुरै रोक्न सकिने अवस्था पनि छैन ।’ बैठकका क्रममा स्वास्थ्यकर्मी तथा अधिकारीहरुले अब कडाई बढाउन नसकिए अस्पतालमा चाप बढ्नसक्ने आंकलन गरेका छन् ।