स्वतन्त्र पत्रकार संघ नेपालका पदाधिकारीले गरे ओम कैलाश मन्दिर अवलोकन
साउन १९, २०७८, मङ्गलबार | विहान ०२:५९ बजे | 70
कास्की । स्वतन्त्र पत्रकार संघ नेपालका पदाधिकारी ओम कैलाश सिवढुँगा शिवशक्ति धाम क्रिस्तिमा मन्दिर दर्शन तथा अवलोकन र अनुगमनका लागि पुगेका छन् । टिममा संघ नेपालका वरिष्ठ उपाध्यक्ष के. बि. सम्राट, महासचिव अन्जन राज न्यौपाने, कोषाध्यक्ष शालिग्राम पाण्डे, भक्तपुर जिल्ला अध्यक्ष एवं केन्द्रीय पार्सद कृष्ण किसी, अध्यात्मिक तथा धार्मिक व्यक्तित्व रामजी घर्ति रहेका छन् ।
टिमले धामको अवालोकन तथा निरीक्षण गरि द्रिश्यालोकन कार्यक्रम गरेको थियो । अरनिको टेलिभिजन तथा सेभ द नेशन टेलिभिजनबाट प्रसारण हुने खोजखबरमा प्रसारण हुनेछ । ओम कैलाश शिवढुंगा शिवशक्ति महापीठधामका अध्यक्ष एवं पशुपति अन्नपुर्णा आश्रमका गण्डकी प्रदेश धार्मिक समिति प्रमुख राजेन्द्र कुमार सुवेदीले मन्दिर भित्र रहेका भगवानका प्राण प्रतिष्ठित भगवानका विषयमा वर्णन गर्नुभएको थियो भने मन्दिर बाहिरका संरचना हुन बाँकी रहेका बारेमा पनि उहाले बताउनु भएको थियो । स्वन्तन्त्र पत्रकार संघ नेपालका टिमका सबै अवलोकन तिमले खुशी ब्यक्त गर्दै आआफ्नो विचार ब्यक्त गरेका थिए ।