भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर रेडिमेड व्यापार संघ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरीग संघ, भक्तपुर सौन्दर्यकला व्यवसायी संघ र भक्तपुर लेडि जेसिज्को संयुक्त आयोजनामा आज व्यवसायिक सुरक्षामा प्रहरी र व्यवसायीको भूमिका विषयमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना भयो ।
जुम प्रविधिबाट भएको उक्त अन्तरक्रिया कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक श्री शिव कुमार श्रेष्ठले व्यवसायिक क्षेत्रमा हुने गरेका अपराधिक घटनाहरुबाट बच्नका लागि व्यवसायीहरु सुसुचित बन्नु पर्नेमा जोड दिनु भयो । यसैगरी वहा“ले अपराध नियन्त्रणमा प्रहरी एक्लैले सम्भव नभएको र यसका लागि समुदायका सबै निकायहरुको साथ सहयोग आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नु हु“दै भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले व्यवसायिक सुरक्षा उद्यमी व्यवसायीको प्रमुख मुद्दा भएको र घटना घटीसकेपश्चात अपनाउनु पर्ने प्रक्रियाहरुमा अनभिज्ञ हुंदा दोषी कारबाहीको दायराबाट उम्किन सफल भएको बताउनु भयो । यसैगरी वहा“ले व्यवसायिक क्षेत्रमा हुने गरेका अपराधिक घटना न्यूनिकरणका लागि व्यवसायिक एकटा अत्यावश्यक रहेकोमा पनि जोड दिनु भयो ।
सो अवसरमा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुहुदै भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्ष श्री माधव प्रसाद प्रजापतिले व्यवसायिक क्षेत्रमा हुने गरेका चोरी, ठगी र लुटपाटजस्ता घटनाहरुलाई न्यूनिकरणमा सहयोग पु¥याउने हेतुले कार्यक्रमको आयोजना भएको बताउनु भयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहु“दै भक्तपुर सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष श्री समिता ध्वजूले कोरोना संकटका कारणले सबैलाई आर्थिक संकट परिरहेको अवस्थामा चोरी, ठगी र लुटपाटका घटनाहरु झनै बढन सक्ने सम्भावना रहेको बताउनु भयो । साथै यस्ता खालका अपराधहरु महिला उद्यमी व्यवसायी मात्रै हुने स्थानमा झनै हुने गरेको कारणले गर्दा महिला उद्यमी व्यवसायीहरु बढि सतर्क हुनु पर्नेमा जोड दिनु भयो ।
सो क्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय कार्यसमिति सदस्य श्री रोशन भोयद्यो, भक्तपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष श्री कविदास धौबजी, भक्तपुर पार्टी प्यालेस तथा क्याटरीग संघका अध्यक्ष श्री सचिन्द्र श्रेष्ठ लगायत सहभागीहरुबाट व्यवसायिक सुरक्षाका विविध पक्षमा आ–आफ्ना भनाईहरु राख्नु भयो ।
शुभ कम्प्यूटरको प्रायोजन रहेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी व्यवसायी र समाजसेवीहरुको सहभागिता रहेको थियो ।
भवदीय
राजु मान बज्राचार्य
प्रमृुख कार्यकारी अधिकृत
भक्तपुर चेम्बर अफ कमर्श