युवा संघमा सुकुपायो


साउन १७, २०७८, आइतबार | विहान ०७:४७ बजे | 30


युवा संघमा सुकुपायो

युवा संघमा सुकुपायो
भक्तपुर । नेपाल क्रान्तिकारी युवा संघ,भक्तपुर नगरपालिका—७, गोल्मढी एकाई समितिको आयोजनामा सम्पन्न समसामयिक विषयमा प्रशिक्षण तथा पुनःगठन कार्यक्रमबाट राकेश सुकुपायोको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।


कार्यक्रममा उपस्थित युवाहरुलाई प्रशिक्षण दिदैं  प्रमुख अतिथि, नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नेपालका युवाहरुलाई राज्यले बेचबिखन गर्ने साधनको रुपमा प्रयोग गरिहेको बताउनुभयो । सरकारले स्वदेशमै काम मामको ग्यारेन्टी दिनुपर्नेमा युवालाई विदेशमा बेचेर प्राप्त भएको रेमिटेन्समा समेत भ्रष्टाचार गरेको बताउनुभयो ।

युवाहरु भनेका युग हाँक्ने वातावरण सिर्जना गर्न सक्ने शक्ति हुन् । युवाहरु युगान्तकारी परिवर्तनका संवाहक भएको बताउँदै यो पूंजीवादी समाजमा युवाहरुलाई नियोजित रुपमा राजनितिप्रति बितृष्णा जगाउने गतिविधि सरकार स्वयंमले गरिरहेको तथ्य प्रमुख अतिथि कवांले औंल्याउनुभयो ।  प्रशिक्षणका क्रममा  उनले— पढेलेखेका युवाहरुलाई बौद्धिक दासको रुपमा समेत राज्यले बेचिरहेको बताउनुभयो । उनले युवाहरु सचेत सजग र संगठित भएर समाज र देशको निम्ति राजनितिक जागरुकताका साथ अगाडि बढ्नु पर्ने कुरा बताउनुभयो ।

कार्यक्रमका अतिथि नेमकिपा—७, गोल्मढी एकाई समितिका अध्यक्ष बलराम गोसाईले युवाजोशको सही सदुपयोग तथा व्यवस्थापनको लागि संगठनको आवश्यकता रहेको बताउदै सांगठनिक अनुशासनको महत्व बारे प्रस्ट्याउनुभयो ।

कार्यक्रममा नवीन आधारभूत विद्यालयका प्र.अ. प्रकाश गोसाईले नवगठित कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदैं युवाहरुले आफ्नो शक्ति व्यवस्थापनको लागि पार्टीले प्रकाशन गरेका पत्रपत्रिकाहरुको निरन्तर छलफल,अध्ययन र अध्ययन गोष्ठी तथा अन्र्तक्रिया जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका अति
थि नेक्रायुसंघ,भक्तपुर नगर समितिका उपाध्यक्ष गोपालसुन्दर गोसाईले युवाहरुमा हुने गुण र अवगुणका विषयमाथि चर्चा गर्नुभयो ।
नेक्रायुसंघ—७,गोल्मढी एकाई समितिका अध्यक्ष भुवन गोसाईको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रममा राकेश सुकुपायो, नारायण शिल्पकार र नर्सिङ समाजका मुना लवजुले समेत बोल्नुभएको छ ।

Comments