अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउनेलाई सय डलर दिने


साउन १५, २०७८, शुक्रबार | विहान १०:५७ बजे | 20


अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउनेलाई सय डलर दिने

अमेरिका । अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिले एक सय डलर पाउने भएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई अनुरोध गरेका हुन्।


बिहीबार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले राज्यहरुलाई उक्त अनुरोध गरेका थिए। संक्रमण बढिरहेको र खोप लगाउने दर कम भएकाले उनले यस्तो व्यवस्था गरेका हुन्।

कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई दिइने उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्नेछन्।
हाल अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिरहेको छ।

Comments