मास्क नलगाउने नियम बनाएसँगै अमेरिकामा बढ्यो कोरोना संक्रमण


साउन १४, २०७८, बिहीबार | विहान १०:३६ बजे | 30


मास्क नलगाउने नियम बनाएसँगै अमेरिकामा बढ्यो कोरोना संक्रमण

काठमाडौं– मास्क नलगाउने नियम बनाएसँगै अमेरिकामा कोरोना संक्रमणदर पुनः बढ्न थालेको छ। वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा थप ८४ हजार १८६ जनामा संक्रमण पुष्टि भएकोछ।

अमेरिकामा बुधबार यो संख्या ७७ हजार ८२५ रहेको थियो। मंगलबार अमेरिकामा ५२ हजार ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

अमेरिकाले कोरोना नियन्त्रणमा आएको जनाउँदै खोप लगाएकाले मास्कसमेत लगाउन नपर्ने नियम बनाएपछि संक्रमण पुनः बढ्न थालेको हो।

अमेरिकामा अहिलेसम्म कूल संक्रमित संख्या ३ करोड ५४ लाख ८७ हजार ४९० पुगेको छ।

Comments