भक्तपुर एमोल ः ओली समूहकै दुई वटा गुट


साउन १४, २०७८, बिहीबार | विहान ०८:५७ बजे | 40


भक्तपुर एमोल ः ओली समूहकै दुई वटा गुट

भक्तपुर । नेकपा विभाजनसँगै विउँतिएको नेकपा एमाले भक्तपुर कमिटिमा तीन वटा धार देखापरेका छन् । भक्तपुरमा माधब पक्षसँगसँगै ओलीको नै दुई समूह देखिएका छन् । 
महेश बस्नेतको नेतृत्वमा सोमप्रसाद मिश्र, जिल्ला अध्यक्ष बचन देउजा, बासुदेव थापा, रमेश बुढायोकी, किरण थापामगर, परासर सापकोटा, सम्भु दाहल लगायतका टोली ओलीको एउटा गुट हो । पूर्व अध्यक्ष राजेन्द्र राजथला, मदनसुन्दर श्रेष्ठ, रामवहादुर श्रेष्ठ, मोहनवीर श्रेष्ठ, रामप्रसाद तिमिल्सेना, राजु अधिकारी, राजुु सुवेदी, निर्मलकुमार भट्टराई लागायतका नेता ओली पक्षका नै अर्को गुट हो ।
यस्तै माधब नेपाल पक्षमा भने राजेन्द्रमान श्रेष्ठ, बालचन्द्र मिश्र, धु्रबराज विष्ट, राजन केसी, अनिल श्रेष्ठ, स्याम बस्नेत, प्रेमानन्दलाल श्रेष्ठ लगायतका नेता रहेका छन् ।
आफु नै पार्टी हुँ, मैले जे भन्यो त्यो नै पार्टीको निर्णय हो भन्ने भावना भएका महेश बस्नेत गुटका कारण ओली समूहकै भए पनि आफूहरु अलग हुन बाध्य भएको ओली समूहकै अर्कै गुटका एक नेताले बताए । उनका अनुसार अहिले भक्तपुरमा एमालेको ओली पक्षको नै प्रस्ट दुई धार छन् । यी दुवैले एउटा गुटले अर्कोलाई निषेध गर्ने परिपाटी चलिरहेको छ । नेकपा विभाजनपछि एकलौटी रुपमा पार्टी अफिसमा पनि महेश गुटको नै हावी रहेको उनको भनाई थियो । महेश गुट बाहिरकालाई कुनै पनि मिटिङ लगायत केहीको पनि जानकारी नआउने र एकलौटी हुने क्रम बढेपछि ओली गुट नै दुई भागमा विभाजन भएको उनको भनाई छ । नेकपा एमाले विभाजन भएपछि पार्टीलाई नै जानकारी नदिई भातृ संगठनहरुको कार्यक्रम हुने र पार्टीलाई नै थाहै नदिई अनैतिक क्रियाकलापसम्म हुने गरेका कारण पार्टीमा एकै समूहको दुई धार देखिएकोसमेत उनले बताए ।
पार्टीमा २०४६ साल अगाडीदेखि योगदान दिदै आएका नेता कार्याकताको भावना विपरित कार्य भएका कारण समस्या भएको उनले बताए ।
केही नेताहरु भने ओली समूहमा नै भए पनि कता लाग्ने भन्ने अन्योलमा परेको बताइएको छ । एक गुटमा पस्दा अर्को गुटले नै निषेध गर्ने सम्भावना बढेका कारण केही नेताहरु भने हालसम्म अन्योलमा भनै रहेको बताइएको छ ।

Comments