आर्थिक अनियमितता भाको छैन ः नेपाल बक्सिङ संघ
असार १९, २०७७, शुक्रबार | विहान १०:१५ बजे | 90
काठमाडौं । नेपाल बक्सिङ संघले विधान मिचिएको र आर्थिक अनियमितता गरेको भन्ने आरोप निराधार रहेको जनाएको छ ।
संघले बिहीबार विज्ञप्ति जारी गरी पछिल्लो समय आफूमाथि लगाएकोे आरोप तथ्यहीन र निराधार रहेको जनाएको हो। संघमा आर्थिक अनियमितता भएको, विधान मिचिएको, बक्सिङको स्तर खुम्चिएको भन्ने आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको छ र त्यसमा कुनै पनि सत्यता नभएको संघका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आर्थिक र अन्य गतिविधिमा राज्य तथा सरोकारवाला निकायहरूको निगरानी अपरिहार्य रहेको र युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनअनुरूप खेल विकासमा अगाडि बढिरहेको संघले दाबी गरेको छ ।
त्यस्तै बक्सिङ संघले आफ्ना आर्थिकलगायत सम्पूर्ण गतिविधिहरू पारदर्शी रहेको समेत दाबी गरेको छ। साथै वर्तमान नेतृत्वकै कारण १२औं दक्षिण एसियाली खेलकुद (साग) मा तीन कांस्य र १३औं सागमा ३६ वर्षपछि सर्वाधिक तीन स्वर्ण, ६ रजत र ६ कांस्य पदक जितेकाले बक्सिङ विकासमा ठूलो फड्को मारेको संघको भनाइ छ। सन् २०१० देखि अन्तर्राष्ट्रिय पदकको खडेरीलाई तोड्दै आफ्नो कार्यकालमा ९ स्वर्ण, दुई रजत र दुई कांस्य जित्न सफल भएको हुँदा पछिल्ला समय नेपाली बक्सिङले ठूलो फड्को मारेको संघका अध्यक्ष राम अवालेले बताए।
जोर्डनमा सम्पन्न टोकियो ओलम्पिक २०२० छनोट (एसिया आसियान ओलम्पिक क्वालिफाइङ) मा नेपाली खेलाडी गरेको उच्च प्रदर्शन नै पछिल्लो समय खेल विकासमा फड्को मारेको आधार रहेको संघको दाबी छ। संघकै पहलमा पछिल्लो समय नेपाली बक्सिङले आइबा वान स्टार रेफ्री जज प्रशिक्षण कोर्सबाट कुल १८ जना नेपाली रेफ्री जजलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गराउन सफल भएको संघले उल्लेख गरेको छ। राखेपको नीति निर्देशनको अधिनमा रही बक्सिङ खेल विकास र विस्तारमा काम गरिरहेको समय तथ्यहीन प्रचार नगर्नसमेत संघका अध्यक्ष अवालले चेतावनी दिएका छन्।
प्रेस विज्ञप्तिको पूर्ण पाठ
पत्रकार मित्रहरु, केहि अनलाईन मिडियाहरुबाट नेपाल बक्सिङ संघमा आर्थिक अनियमितता भएको, विधानको मिचिएको, बक्सिङको स्तर खुम्चिएको भन्ने समाचार प्रकाशित भएको हुदा सो सम्बन्धमा संघको गम्भीर ध्यानाकर्षण भएको छ र यस सम्बन्धमा प्रकाशित समाचारमा कुनै पनि सत्यता नभएको कुरा पत्रकार मित्रहरु लगायत सम्पुर्ण खेलाडी,प्रशिक्षक,खेलप्रेमी दाजुभाई तथा दिदीबहिनी र खेल सम्बद्द निकायहरुमा हार्दिक अनुरोध गर्दछु ।
पत्रकार मित्रहरु,कुनै पनि संघ संस्थाको आर्थिक तथा अन्य गतिबिधिमा राज्य तथा सरोकारवाला निकायहरुको निगरानी अपरिहार्य छ । नेपाल बक्सिङ संघ स्वायत्त संस्था भए पनि यसले गर्ने हरेक गतिबिधिहरुमा नेपाल सरकार( युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय खेलकुद परिषद्को निर्देशन सहयोग र सुझाब रहदै आएको छ । राष्ट्रिय खेलकुद परिषद् खेलकुद बिकास ऐन अन्तर्गत गठित नेपाल बक्सिङ संघका आर्थिक लगायत सम्पूर्ण गतिबिधिहरु पारदर्शी छन् । यस सम्बन्धमा सघं जहिले पनि खुला छ, हरेक पक्षको सत्य–तथ्य जानकारी दिन हामी तयार छौं ।
पत्रकार मित्रहरु, जहाँ सम्म बक्सिङ खेलको स्तर खुम्चिएको भन्ने सम्बन्धमा रेकर्ड आफै बोल्छ । गएको १२औ दक्षिण एशियाली खेलकूदमा ३ वटा काश्य पदक मात्र जितेको थियो भने यस कार्यसमितिको पालामा काठमाडौंमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुदमा ३६ बर्ष पुरानो रेकर्ड ब्रेक गर्दै बक्सिङ इतिहासकै सर्वाधिक ३ स्वर्ण, ६ रजत, र ६ कास्य पदकको साथ दुई दर्जन भन्दा बढि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी गराई सन २०१० देखिको अन्तर्राष्ट्रीय पदकको खडेरीलाइ तोड्दै ९ स्वर्ण,२ रजत,र २ कास्य जीत्नुको साथै अन्य प्रिमिलरि राउन्डमा क्यामरून,लावस, अफगानिस्तान, पाकिस्तान, ताईवान, सिंगापुर र सर्विया जस्ता देशहरू माथि जित निकाल्दै राष्ट्रको गरिमा बढाउन सक्षम भएको सम्पूर्ण माझ सर्वबिबितै छ भर्खरै मात्र जोर्डनमा सम्पन्न भएको टोकियो ओलम्पिक २०२० एशिया आशियान ओलम्पिक क्वालिफाइङ बक्सिङ्ग मा ऐतिहासिक जीत हासिल गर्न सफल हुदै समग्र दक्षिण एसियाकै भारत पछि दोश्रो बक्सिङ्ग पावर हाउसको रूपमा उदय भइरहेको नेपाल बक्सिङ संघलाई यस प्रकारको झुठो समाचारले अवस्य पनि सहयोग गर्दैन ।
बक्सिंगको प्राविधिक विकासमा पनि प्रथम पटक ब्क्ष्द्यब् इल्भ् क्त्ब्च् रेफ्रिरजर्ज प्रशिक्षण कोर्ष संचालन गरी १८ जना नेपाली रेफ्रि जर्जहरुलाई अन्तर्राष्ट्रीय मान्यता प्राप्त गराउन सफल भएको छ ! ब्क्ष्द्यब् को मापदण्ड अनुरूप नेपाली प्रशिक्षकहरूलाई ब्क्ष्द्यब् ज्ञ,द्द र घ स्टारको प्रशिक्षकको दक्षता हासिल गराउन सफल हुनुको साथै पहिलोपटक नै ब्क्ष्द्यब् अभचतषष्भम चष्लनकष्मभ म्यअतयच को स्वदेसमै व्यवस्थापन गर्न सक्षम भएका छौ। विश्व बक्सिंगको पावरहाउस मानिएका राष्ट्रहरु काजकास्तान र उज्वेकिस्तानबाट प्रशिक्षक झिकाई हालसम्म नेपाली बक्सिंग टिमलाई प्रशिक्षण दिइरहेका छौ।
यस अघि संघबाट स्पष्टिकरण सोधिएका केहि पदाधिकारीहरु र बक्सिंगको विकास नचाहने व्यक्तिहरुको भनाइलाई आधार मानी प्रकाशित त्यस्ता खाले भ्रम फैलाउने झुठा समाचारले खेलाडी,प्रशिक्षकको मनोबल गिराउने काम गर्छ ।अतस यहाँहरुको प्रतिष्ठित मिडियाले जनताको सहि सुचना पाउने मौलिक हकलाई आत्मसात गर्दै सत्य तथ्य र निष्पक्ष सुचना तथा समाचार सम्पादन सम्प्रेषण गरी बक्सिङ विकासमा सहयोग गरिदिनु हुन समेत आग्रह गर्दछु ।
सदा झै राष्ट्रिय खेलकुद परिषद्को नियमावली एवं दिग्दर्शन, प्रचलित नेपालको कानुन र राष्ट्रिय खेलकुद परिषद्को निति निर्देशनको अधिनमा रहि बक्सिङ खेलको बिकास र बिस्तार गर्न हामी प्रतिबद्ध छौ ।
धन्यवाद ।
श्यामकाजी अवाले
प्रवक्ता
नेपाल बक्सिंग संघ