एवीसीडी खवर अव अंग्रेजी, नेवारी र तामाङ भाषामा पनि


साउन ११, २०७८, सोमबार | दिउँसो ०१:१६ बजे | 40


एवीसीडी खवर अव अंग्रेजी, नेवारी र तामाङ भाषामा पनि

भक्तपुर । स्थापनाको एक वर्षसम्म नेपाली भाषामा मात्रै समाचार प्रकाशित गरिरहेको एवीसीडी खवर अनलाइनले अव चार वटा भाषामा समाचार प्रकाशित गर्ने भएको छ । यसअघि नेपाली भाषामा मात्रै प्रकाशित भएको समाचार अव थप अंग्रेजी, नेपाल भाषा (नेवारी) र तामाङ भाषामा पनि प्रकाशित गर्न लागेको हो ।


आफनै मोलिक भाषामा समाचार पढन हेर्न पाउने अधिकारको सुनिश्चित गर्दै अनलाइनले थप तीन वटासहित चार वटा भाषामा समाचार प्रकाशित गर्न लागेको हो । प्रत्येक समाचार भने सवै चार वटै भाषामा प्रकाशित हुने छैन, एउटै भाषामा मात्रै प्रकाशित हुनेछन् । कुनै समाचार नेपाली भाषामा प्रकाशित भयो भने त्यो नेपाली भाषामा मात्रै हुनेछन् । त्यस्तै कुनै समाचार अंग्रेजी भाषामा प्रकाशित भयो भने त्यो अंग्रेजी भाषामा मात्रै हुनेछन् । अर्थात एउटा समाचार चार वटै भाषामा प्रकाशित हुने छैन ।

विविधताको ख्याल गरी हामीले यो कामको थालनी गरेका हौं । हाम्रो यो प्रयासमा तपाईहरुबाट पनि सहयोग मिल्नेछ भन्नेमा हामी ढुक्क छौं । त्यसकारण तपाईको घरछिमेक, टोलमा भएका समाचारहरु तपाईहरु आफनै भाषामा हामीलाई इमेल गरेर हामीलाई हस्तेमा हैंसे गर्न सक्नुहुनेछ । धन्यवाद ।

Comments