महानगरीय प्रहरी बृत जगातीका कैदीबन्दीका लागि पुस्तकालयको व्यवस्था
साउन ११, २०७८, सोमबार | दिउँसो १२:५८ बजे | 45
भक्तपुर । महानगरीय प्रहरी बृत जगातीको कारागारभित्र रहेका कैदीवन्दीहरुका लागि पुस्तकालयको व्यवस्था गरिएको छ । बृतमा रहेका कैदीवन्दीका लागि पुस्तकालयको व्यवस्था मिलाएको हो । पुस्तकालयको बृतका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश थापाले एक कार्यक्रमवीच उदघाटन गरेका छन् ।
बृतमा रहेका कैदीवन्दीलाई अध्ययनशिल बनाउन पुस्तकालयको व्यवस्था मिलाइएको जानकारी गराइएको छ । २४ सै घण्टा एउटा कोठाभित्र थुनिएर वस्नुपर्दा उनीहरुलाई वाक्कदिक्क नलागोस् भन्ने उद्देश्य पनि पुस्तकालय स्थापनाको रहेको बताएको छ । महानगरीय प्रहरी बृत जगाती भक्तपुुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) थापाले त्यो भन्दा पनि वाक्कदिक्कमा वस्नुपर्दा कुनियततर्फ ध्यान नजाओस् भन्ने उद्देश्यले पुस्तकालयको व्यवस्था मिलाएको बताए । यसले कैदीवन्दीलाई फुर्सद्को सयम उपयोग मात्रै हुने नभई नयाँंनयाँं ज्ञान हासिल गर्न सकिने विश्वास उनले लिए ।
बताइए अनुसार अहिले त्यहाँं एक सय ५० वटाको हाराहारीमा पुस्तकहरु छन् । पुस्तकालयमा पत्रपत्रिकादेखि कानुनसम्मका पुस्तकहरु रहेका जनाइएको छ । त्यहाँं अपराध, कानुन, मनोविज्ञान, नेपालका ऐन नियमदेखि कथा, कवितासहितका साहित्यिक पुस्तकहरु रहेका छन् । बृतमा रहेका सवै पुस्तकहरु कैदीवन्दीको पुुस्तकालयमा पठाएको बृतले जनाएको छ । साथै केही पुस्तकहरु दाताहरुले पनि सहयोग गरिदिएको जनाएको छ ।
पुस्तकहरुका साथै त्यहाँं प्रहरी प्रधान कार्यालयबाट प्रकाशित हुने वुलेटिनहरु उपलव्ध गराइएको छ । साथसाथै बृतमा दैनिक आउने पत्रपत्रिकाहरु पनि उनीहरुलाई दिइएको छ । विहान एकफेर हामीले पढिसकेपछि सवै पत्रपत्रिकाहरु पनि उनीहरुकै लागि पुस्तकालयमा पठाउने गरेका छौ, डीएसपी थापाले थपे । बाहिर जेसुकै भए पनि भित्र कारागारमा आए पछि उनीहरुलाई सम्मानका साथ राख्नुपर्ने तर्क उनी गर्छन् । किनकि उनीहरु अपराधी घोषित भएका छैनन्, आरोपित मात्रै हुन्, भोलि उनीहरुलाई अदालते निर्दोष पनि सावित गर्नसक्छ, त्यसकारण कैदी हुँंदैमा अपराधीको हिसावले हेर्नुहुँंदैन र उनीहरुलाई पनि सम्मान गर्नुपर्छ भन्ने धारणाका साथ यो कन्सेप्टका साथ काम थालेको उनले स्पष्ट पारे ।
[[img2]]
बृतले जनाए अनुसार बृतमा करिवकरिव जहिले पनि दुई दर्जनको संख्यामा कैदीवन्दीहरु हुन्छन् । अदालतले फैसला नगर्दासम्मका कैदीवन्दीहरु त्यहाँं हुन्छन् । कोही जाने र कोही आउने हिसावले जहिले पनि साधारणतया त्यहाँं दुई दर्जन कैदीवन्दीहरु रहने बृतले जानकारी गराएको छ । नेपालको काुनन अनुसार प्रहरीले अनुसन्धानको क्रममा वढीमा २५ दिनसम्म प्रहरीको कैदमा राख्नसक्ने व्यवस्था रहेको छ ।
कैदीवन्दीहरु त्यहाँं दुई वटा कोठामा रहेका छन् । उनीहरुका लागि २४ घण्टा पहरेदार हुन्छन् । त्यसकारण उनीहरुले पुस्तक पढ्न उनीहरुले माग्नुपर्छ । आफै गएर पुस्तक लिन पाउँंदैनन् । पहरामा बसेका प्रहरीलाई अनुरोध गरी उनीहरुमार्फत नै पुस्तक लिएर पढने व्यवस्था त्यहां मिलाइएको छ ।
बताइए अनुसार औपचारिक रुपमा कैदीवन्दीका लागि यसरी पुस्तकालको व्यवस्था कहीकतै छैन । सामान्य रुपमा कसैले विशेष सोच राखेर मात्रै यस्तो व्यवस्था हुनसक्छ । तथापि भक्तपुरमा कैदीका लागि पुस्तकालयको व्यवस्था भएको यो पहिलो भएको बताइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...