उपत्यकामा संक्रमण पुनः बढेपछि निषेधाज्ञामा कडाइ गर्ने तयारी
साउन १०, २०७८, आइतबार | विहान ०८:४२ बजे | 30
काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ। काठमाडौंमा संक्रमण पुनः बढेपछि निषेधाज्ञामा कडाइ गर्ने तयारी छ।
अब यसअघि खुकुलो गरिएका क्षेत्रमा पुनः कडाइ गर्दै निषेधाज्ञा थप्ने तयारी प्रशासनको तयारी छ। प्रजिअहरुको बैठकले होटल, रेस्टुँरालगायतका केही क्षेत्रमा कडाइ गर्न सक्नेछ । यस्तै, सार्वजनिक यातायातमा पुनः जोरविजोर प्रणाली लागू गर्नेबारे पनि छलफल हुने जनाइएको छ।
केही दिनदेखि काठमाडौं उपत्यकाको संक्रमण दर पुनः बढ्दै गएको छ। दैनिक संक्रमण पुष्टि हुनेहरुको संख्या ३ हजार नाघेको छ।