ललितपुरको स्यस्यः समाजको भवन शिलान्यास
साउन ९, २०७८, शनिबार | दिउँसो ०१:५८ बजे | 35
स्यस्यः समाज यलको ललितपुर महानगरपालिकाको वडा नं १६ स्थित जग्गामा भवन निर्माणको लागि शिलान्यास कार्यक्रममा वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशीबाट वर्तमान समय परिस्थितिलाई मध्यनजर गर्दै उहाँ कै स्वनिवासमा संकल्प पूजा गरि निर्माण स्थलमा आज बिहान ८ः४२ को शुभ साइतमा जग साइत पूजा र त्यस पछिको औपचारिक कार्यक्रममा समाजका अध्यक्ष ई सुरेन्द्र गोविन्द जोशीबाट स्वागत मन्तव्य र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबाट शुभकामना मन्तव्य व्यक्त गर्दै सम्पन्न भयो ।
कार्यक्रममा प्रदेश सभाका माननीय सांसद द्वय ज्ञानेन्द्र शाक्य र शोभा शाक्य, उप मेयर गीता सत्याल, वडा अध्यक्ष द्वय निर्मल रत्न शाक्य र बिनोद ताम्राकार, सल्लाहकार द्वय गोपाल मान श्रेष्ठ र अजर मान जोशी, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज न्याछृयों लगायत विभिन्न जातीय समाज र संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।