चार वर्षदेखि वन्द भजन सुरु


असार १८, २०७७, बिहीबार | दिउँसो १२:५१ बजे | 40


भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ४ नासमनास्थित चार वर्षदेखि वन्द रहेको मुलाखुु गणेश ढल्चा भजन पुनः सुरु भएको छ । एकादशीका अवसर पारेर बन्द रहेको भजन सुरु गरिएको हो । २०७२ सालको महाभूकम्प अगाडिसम्म नियमित रुपमा सञ्चालनमा रहेको यो भजन त्यसपछि बन्द रहेको थियो । भूकम्पपछि भजनका वाद्यावादनहरु इत्रतत्र रहेपछि भजन बन्द रहेको थियो ।

[[img2]]
भजन नाइके रामकृष्ण शिल्पकार, श्रीमति राधा शिलाकार, स्थानीय डा इन्दुल केसीको अगुवाईमा भजन पुनः सुरु भएको हो । पहिलो दिन विहान दुई घण्टा भजन गरिएको थियो । यस क्रममा गणेशको पूजाआजासमेत भएको थियो । साथै भजनपछि टिका प्रसाद वितरण पनि गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

Comments