बाल विवाह गरेमा दुबै पक्षले कानुनी सजाय पाउने


साउन ९, २०७८, शनिबार | विहान ११:३४ बजे | 75


बाल विवाह गरेमा दुबै पक्षले कानुनी सजाय पाउने

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १० कार्यालयको आयोजनामा बाल विवाह अन्त्यका लागि समुदाय परिचालन विषयक अन्तरक्रिया कार्यक्रम एक समारोह बीच बक्सिङ प्रशिक्षण हल कमलबिनायकमा शुक्रबार सम्पन्न भयो।


कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायण बहादुर दुवालले सत्ता लुछाचुडिमा नेमकिपा सामेल भई शेरबहादर देउवाको विश्वासको मत लिएको बेला तटस्थ बसेको बताउँदै सर्वोच्चको फैसाल संसदीय सर्वोच्चता विपरित भएकोले यसले जनताको हित गर्दैन भन्नुभयो । उहाँले पुँजीवादी शासक दलहरुले जनताको आमुल परिवर्तन र देश र जनताको हितमा काम गर्न नसक्ने भएकोले सच्चा कम्युनिष्टहरुको खाँचो नेपाल मजदुर किसान पार्टीले पूर्ति गर्ने बताउनुभयो । उहाँले पुँजीवादी व्यवस्थामा महिला हिसां बढ्ने र पुँजीपतिहरुलाई राजा आउँदैन ढुङ्गा बोल्दैन भने जस्तै कानुनले पनि नछुने बताउनु भयो । उहाँले नगरपालिकाले ख्वप अस्पताल निर्माण गरेकै कारण कोभिडबाट मृत्यु हुनेको संख्या न्युनिकरण गर्न सकेको साथै जनताको चेतनास्तर पनि विस्तार भईरहेको बताउनु भयो ।

कार्यक्रममा अधिबक्ता अनिता जधारीले २०७५ साल अगाडि १८ बर्ष पछि मात्र बिहे गर्नेमा २०७५ पछि २० बर्ष पछि मात्र विहे गर्नुपर्ने प्रावधान नेपालको कानुनमा नै उल्लेख भएको बताउनु भयो । उहाँले बीस बर्ष अगाडि विहे गर्दा जन्मने बच्चाको नागरिकता नपाउने, सामाजिक तथा कानुनी अधिकारबाट बञ्चित हुनुपर्ने जस्ता समस्याहरु आईपर्ने बताउनुभयो । उहाँले बाल विवाह गरेमा दुबै पक्षले कानुनी सजाय पाउने बताउँदै कोभिड १९ कै महामारीका कारण नयाँ प्रविधि अनलाइन कक्षाका कारणले विभिन्न सामाजिक सञ्जालहरुको माध्यमबाट विभिन्न खालका असामान्य र अव्यवहारिक अश्लिल गतिविधिहरु बढ्दै गरेको बताउनु भयो ।
उहाँले सामाजिक सञ्जालको माध्यमबाट शारीरिक तथा मानसिक दुव्र्यवहारहरुको विकासले यौन दुव्यवहार सिकार हुने साथै अन्जान व्यक्तिका साथै परिवार र नजिक सम्बन्ध भित्रकै व्यक्तिहरुबाट पनि छोएर वा नछोइकन पनि यौन दुव्र्यवहार महिला मात्र नभई पुरुषहरु पनि पिडित रहेकोले सामाजिक सञ्जालबाट नानीहरुलाई सुरक्षित रहने उपायको जानकारी र आमाबुबाले निगरानी राख्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायीक यौन शोषणका स्वरुपहरु, असरहरु र यसका चुनौतिहरुको विषयमा सदैव सतर्क रहने, शिक्षित तुल्याउने कार्य समुदायमा छलफल हुनु पर्ने बताउनु भयो ।
[[img2]]
कार्यक्रम १० नं वडाका वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभापतिको आशनबाट बोल्दै शहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा बालविवाह संस्कार कै रुपमा रहेको र बढी बाल विवाह हुने जुम्ला, हुम्ला, जाजरकोट, वादी समुदाय रहेको बताउँदै नयाँ संविधानका विहेवारी बीस बर्ष पारी आएको र भक्तपुरका जनता सचेत भएकै कार नगरपालिकाद्धारा निर्मित अक्सिजन प्लान्टका लागि जनताको आर्थिक सहयोग प्राप्त भएको बताउनुभयो ।

कार्यक्रममा स्वागत वडा सदस्य जितेन्द्र मुनांकर्मी, वडाका स्वास्थ्य कर्मी (नर्स) रिचा कोजूले सार्स कोभिडको सिर्जना, विकास र विश्वव्यापी रुपमा फैलावट, चुनौतिको अवस्था र भनपाद्धारा संचालित आईशोलेशनको बारेमा जानकारी दिनु भयो ।

फाेटाेमा हेर्नुहाेस्...

बाल विवाह गरेमा दुबै पक्षले कानुनी सजाय पाउने

Comments