बागमती प्रदेशमा आज र भोली भारी वर्षा हुने सम्भावना


साउन ९, २०७८, शनिबार | विहान ०२:२८ बजे | 35


बागमती प्रदेशमा आज र भोली भारी वर्षा हुने सम्भावना

काठमाडौं । प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आज र भोली केही स्थानमा भारी वर्षा हुने सम्भावना भएको मौसन महाशाखाले जनाएको छ।


शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

शनिबार बागमती, गण्डकी, मस्याङ्दी नदीको बहाव बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाकाअनुसार आइतबार प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

उनका अनुसार दिउँसो घाम लागेर गर्मी हुने भएकाले बेलुकातिर स्थानीय वायुको प्रभावका कारण मेघगर्जन र चट्याङ्गसहित देशका केही ठाउँमा सामान्य पानी भने पर्न सक्छ। तर ठूलो वा लगातार झरी पर्ने सम्भावना भने छैन।

Comments