भक्तपुर । एमालेका वरिष्ठ नेता माधब नेपालले बिहीबार भत्तपुरमा एक कार्यक्रमवीच एकहजार एक सदस्यीय युथ भोलेन्टियर गठन भएको घोषणा गरेका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा नेता नेपालले शिव श्रेष्ठको संयोजकत्वमा युथ भोलेन्टियर गठन भएको घोषणा गरेका हुन् । घोषित पिपल्स भोलेन्टियरको सचिवमा मनोज खत्री रहेका छन् ।
केपी ओली समूहको युवा संघले युथ फोर्स ब्युँताएपछि माधवकुमार नेपाल समूहले पनि पिपल्स भोलेन्टियर व्यँताएको हो । समूहले यसअघि नै अखिल फोर्स गठन गरिसकिएको छ ।
कार्यक्रममा माधवकुमार नेपाल समूहको युवा संघका केन्द्रीय अध्यक्ष नरेशकुमार शाहीले नवगठित समूहले ओली समूहको युथ फोर्सले जस्तै अराजक, आपराधिक र अनुशासनहीन काम नगर्ने वचन दिए । गठित समूह सचेत युवाहरुको संगठन भएकाले अन्याय, अत्याचार, भ्रष्टाचार, विभेदविरुद्ध आँधीसरह खटिने दावी उनले गरे ।
यसअघि पिपल्स भोलेन्टियरमा आवद्ध युवाहरुले मोटरसाइकल ¥याली गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई काठमाडौंको कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकस्थित कार्यक्रमस्थल थापा पार्टी प्यालेससम्म स्कर्टिङ गरेर ल्याएका थिए ।
...

All Comments.......


Please Login/Register To Comments