को हुँंदैछन् नेपाली कांग्रेस मध्यपुर थिमिको नगर सभापति ?


साउन ६, २०७८, बुधबार | दिउँसो १२:४३ बजे | 40


को हुँंदैछन् नेपाली कांग्रेस मध्यपुर थिमिको नगर सभापति ?

नेपाली कांग्रेस भक्तपुरले अधिबेशनको तयारी तीब्र गतिमा थालेको छ। नेपाली कांग्रेस भक्तपुरमा क्रियाशिल बिबाद नरहेको जनाएको छ। भक्तपुरमा १० हजार दुई सय ९० जना क्रियाशिल सदस्यहरू रहेका छन्। झण्डै आठ सय प्रतिनिधिहरू छनौट हुनेछन्। अहिले अधिबेशन तयारी स्वरुप वडा वडामा क्रियाशिल भेला हुन थालेका छन्।
३८ वडा रहेको भक्तपुर जिल्लामा ४ नगरपालिकाहरू छन्। सबैभन्दा बढी क्रियाशिल सदस्यहरू भएको नगरपालिका हो मध्यपुर नगरपालिका । मध्यपुर थिमि नगरपालिकामा नै नेपाली कांग्रेसका अग्रज नेताहरू रहेका छन्। अझ मध्यपुर थिमिमा केन्द्रीय स्तरका नेता समेत बसाइ सरेर बसोबास गरेको पाइन्छ। यहि भएर पनि मध्यपुर थिमिको नेपाली कांग्रेसको राजनीतिक माहौल बेग्लै किसिमको छ।
मध्यपुर थिमिमा देउवा पक्ष, कोइराला पक्ष, रामचन्द्र पक्ष, सिटौला पक्ष, सिंह पक्ष सबै पक्षबाट नेताहरू कांग्रेसका नेताहरूले राजनीति गरिरहेका छन्। यी सबै पक्षले आ आफ्नो उमेदबार उठाउने पक्का छ। मध्यपुर थिमिमा  कांग्रेसका छुट्टाछुटै भेला हुन थालिसकेका छन्। सबै पक्षको उमेदबारहरूले दाबी गर्न समेत थालेका छन् भने यसलाई बनाउदा ठिक हुन्छ भनेर उमेदबार बन्ने ब्यक्तिको नाम समेत चर्चा हुन थालेको छ।  
मध्यपुर थिमि नगर सभापति जिल्ला सभापतिको दाबी गर्ने हैसियत समेत राख्ने हुनाले मध्यपुरको अधिबेशनलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ। यतिखेर चर्चामा हालका सभापति सुरेन्द्र श्रेष्ठलाई थाती राख्ने हो भने हरिदास प्रजापति, उमेश कुमार खड्का, रामकाजी चक्रधर, राम थापालगायतको नाम चर्चामा छ। चक्रधर र थापा वडा अध्यक्ष हुन् भने प्रजापति नगरसभा सदस्य हुन्। रामकाजी चक्रधरले अहिले क्रियाशिल रहेका र काम गरिरहेका हरिदास प्रजापति र राम थापा जो उठे पनि आफ्नो समर्थन रहने बताउछन्। उनी आफू भने आसन्न अधिबेशनमा  महाधिबेशन प्रतिनिधिकोलागि छलफल गरिरहेको जानकारी दिए।
हरिदास प्रजापति नगर सभापतिमा उठ्ने मनसाय बनाए पनि अहिले नै उमेदबारको आकांक्षी हुँदा टिममा नपर्ने हो कि भन्ने पनि डर छ। पार्टीका नेताहरूसँग छलफल भईरहेकोले पछि मात्र निर्णय लिने बताए। अर्को चर्चामा रहेको नाम हो राम थापा। उनी क्याम्पसको विद्यार्थी जीवन देखिनै नेबिसंघबाट राजनीति सुरु गरेको बताउँछन्। वडा समितिको विभिन्न पदमा रहेर काम गरेका थापा अहिले वडा समिति सभापति हुन् भने वडा नम्बर २ का वडा अध्यक्ष पनि हुन्। मध्यपुर थिमि नगरपालिकाका प्रबक्ता समेत हुन्। थापा नगर सभापति भएर काम गर्न बिगतका अनुभबले आफू सक्षम रहेको बताउँछन्। अहिले अग्रज नेताहरूसँग छलफल भईरहेको र आफ्नो नाममा सहमति जुटाउने प्रयास भईरहेको जानकारी दिए। आफूले नगर सभापतिको दाबेदारी प्रस्तुत गरिसकेकाले आफ्नो नाममा सहमति जुट्न नसकेपनि प्रजातान्त्रिक अभ्यासका लागि पनि चुनाबी प्रकृयामा आफ्नो उमेदबारी रहने थापा बताउछन्।

Comments