पोर्नोग्राफिक फिल्म बनाएको आरोपमा बलिउड अभिनेत्री शिल्पाका पति राज कुन्द्रा पक्राउ
2021-07-20 05:08:37
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेको छ। मुम्बई प्रहरीले उनलाई पोर्नोग्राफिक फिल्म बनाएको र एक एपद्वारा उपलब्ध गराएको आरोपमा पक्राउ गरेको हो।
मुम्बई प्रहरीले दिएको जानकारीअनुसार गत फेब्रुअरीमा यसबारे एक निवेदन दर्ता भएको थियो। जसको छानविनका दौरान कुन्द्रालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो।
मुम्बई प्रहरीले उनी यस कार्यमा सामेल भएको आफूसँग पर्याप्त प्रमाण रहेको दाबी गरेको छ। प्रहरीले यसबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
यसबारे कुन्द्राका परिवार एवं शिल्पाबाट केही पनि भनाइ आइसकेको छैन। कुन्द्रालाई आज अदालतमा पेश गर्ने तयारी प्रहरीको छ।
प्रतिक्रिया