कोभिड रोकथाममा योगदान गर्ने समाजसेवी सम्मानित
साउन ३, २०७८, आइतबार | विहान ०१:०३ बजे | 50
रामेछाप । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण र रोकथामको लागि सुनापति गाउँपालिकालाई महत्वपूर्ण योगदान गर्ने समाजसेवी एवं सक्षम स्मृति प्रतिष्ठानका सञ्चालक प्रवीणकुमार बल सम्मानित भएका छन् ।
कोरोना भाइरस (कोभिड—१९) को दोस्रो लहर संक्रमण दर गाउँपालिकाभित्र भयावह हुन थालेपछि सुनापति गाउँपालिकाको पाँच वटै वडा पौष्टिकयुक्ता खानेकुरासहित ५५ जनालाई निशुल्का एन्टिजेन विधिबाट कोरोना परिक्षण गरी सहयोग गर्ने प्रतिष्ठानका सञ्चालक बललाई बुधबार गाउँपालिकाको नवौँ गाउँ सभामा सम्मानित भएका हुन् ।
सुनापति गाउँपालिकाको नवौ गाउँसभामा आयोजित कार्यक्रमको बीच बललाई गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गीता विष्ट र प्रमुख प्रशासकीय अधिृकत कमलराज श्रेष्ठले प्रशंसा पत्र प्रदान गरि सम्मान गरेका हुन् ।सम्माति भएपछि बलले प्रतिष्ठानलाई सम्मान गर्नु भइ अझ अगाडी बढ्ने प्रेरणा थपि दिनु भएकोमा सुनापति गाउँपालिकालाई सक्षम स्मृति प्रतिस्ठान धन्यवाद व्यक्त गरेका छन् ।
त्यसैगरि देश तथा बिदेशबाट अभियानलाई सहयोग गर्नु भएकै कारण आज सक्षम स्मृति प्रतिष्ठान सम्मानित भएकोमा सम्पुर्ण सहयोगी मनका धनी महानुभाबहरुलाई हार्दिक बधाई व्यक्त गर्दै, यो सम्मान सक्षम स्मृति प्रतिष्ठानलाई मात्र नभई सम्पुर्ण सहयोगी दाताहरुलाई समेत भएको प्रतिष्ठान यहाँहरुमा जानकारी गराउँदछौं ।