नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा ङातापोल मन्दिर जीर्णोद्धारअवलोकन


असार १७, २०७७, बुधबार | दिउँसो १२:४५ बजे | 75


भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा नेपालकै अग्लो प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारमा भएको जनश्रमदानको स्थलगत अवलोकन बुधबार गर्नुभयो ।
[[img2]]
अध्यक्ष बिजुक्छेँले बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नगरपालिकाका जनप्रतिनिधिलगायत विभिन्न समूह र नगरबासीहरूबाट स्वतःस्फूर्त रुपमा जनश्रमदान र जनसहभागितामार्फत भइरहेको जीर्णोद्धार कार्यको अवलोकन गर्नुभयो । सोही क्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले पनि मन्दिर जीर्णोद्धार कार्यको स्थलगत गर्नुभएको थियो ।
[[img3]]
भक्तपुर नगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत उक्त मन्दिर जीर्णोद्धार भइरहेको हो । ङातापोल मन्दिर जीर्णोद्धार अन्तिम चरणमा पुगेको हुँदा जनश्रमदान गर्न आउनेहरूको भीड अचाक्ली बढेको छ । ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा जनश्रमदान गर्न भक्तपुरका जनताहरू निकै उत्साहित देखिन्थे ।
[[img4]]
भक्तपुर नगरपालिकाभित्र रहेका सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका सम्पदाहरुको पुनःनिर्माण तथा जीर्णोद्धार भक्तपुर नपाको बजेटमा स्थानीय जनश्रमदान, विभिन्न संघ–संस्था र व्यक्तिहरुबाट प्राप्त आर्थिक सहयोगबाट भइरहेको छ ।
[[img5]]
[[img6]]

फाेटाेमा हेर्नुहाेस्...

Comments