सुदूरपश्चिममा १२ करोडमा निर्माण भएको अत्याधुनिक रक्तसंचार केन्द्र हस्तान्तरण
साउन २, २०७८, शनिबार | विहान ०६:१३ बजे | 25
धनगढी। नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा अन्र्तगत निर्माण गरिएको सुदूरपश्चिम प्रदेशमै अत्याधुनिक सुविधा सम्पन्न रक्तसंचार सेवा केन्द्र भवनको शुक्रबार हस्तान्तरण गरिएको छ ।
रेडक्रस जिल्ला शाखा कैलालीको पहलमा यूएस प्यासिफिक कमाण्ड र यूएस एम्बेसीको सहयोगमा करिब १२ करोडको लागतमा निर्माण भएको सो भवन आज एक औपचारिक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो।
भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले रक्त सञ्चार केन्द्रलाई प्रदेश सरकारले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै उनले भने, ‘रेडक्रसले संचालन गर्ने सबै मानवीय गतिविधिमा प्रदेश सरकार सहयोग गर्न तयार छ । यो भवन यस प्रदेशकै लागि महत्वपूर्ण उपलब्धी हो । सुदूरपश्चिम प्रदेश सरकारले निशुल्क रगत आपूर्तिका लागि आवश्यक बजेट विनियोजन गर्नेछ ।’ उनले रक्तसञ्चार केन्द्रको भवन निर्माणमा सहयोग पु¥याएकोमा यूए आर्मी, अमेरिकी जनता र अमेरिकी राजदूतावासलाई विशेष धन्यवाद समेत दिए।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप ओडको उपस्थिति थियो। उनले रक्तसंचार सेवा केन्द्रको सञ्चालनमा उममहानगरपालिकाको सहयोग रहने बताउँदै यो संरचना प्रदेशकै लागि महत्वपूर्ण रहेको बताए। उनले देशमै अत्याधुनिक उपकरणसहितको भवन निर्माण गरेर सहयोग गरेकोप्रति अमेरिकी जनता, यूएस प्यासिफिक र अमेरिकी राजदूतावासलाई धन्यवाद दिए।
कार्यक्रममा सहयोगी निकायका तर्फबाट यूएस प्यासिफिक कमाण्डका प्रमुख ह्वाइटलगायतले सम्बोधन गर्दै सहयोग गर्न पाएकोमा खुसी लागेको बताए। उनीहरुले यसखाले सहयोगका लागि अवस्था र समयअनुसार फेरि पनि अग्रसर हुने बताए।
कार्यक्रमका सभाका अध्यक्ष तथा कैलाली रेडक्रसका सभापति उत्तम जोशीले केन्द्रको स्थापना र संचालनमा सहयोग पु¥याउने दाता, सहयोगी र सुभेच्छुकहरुप्रति धन्यवाद ज्ञापन गरे। सभापति जोशीले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न सरकारी एवं गैह्सरकारी निकायहरू, निजी क्षेत्र तथा सञ्चारकर्मीप्रति धन्यवाद दिंदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए।
भवन र उपकरण सहित करिब १२ करोडको लगानी रहेको को केन्द्र हिमालय विल्डर्सद्वारा निर्मित र डिजाइन होराइजन कन्सल्टेन्सीले गरेको हो।