एवीसीडीको पहिलो साधारणसभा सम्पन्न
साउन १, २०७८, शुक्रबार | दिउँसो ०३:१९ बजे | 45
भक्तपुर । एवीसीडी खवर डटकम प्रकाशित गर्दै आएको एवीसीडी खवर मिडियाको पहिलो साधारणसभा शुक्रबार भक्तपुरमा सम्पन्न भयो । साधारणसभामा मिडियाका संयोजक एवं सम्पादक कृष्णराम किसीले मिडियाको भावी योजनाहरु प्रस्तुत गरे । संस्थाका सदस्य इन्जिनियर राजन कुसीले संस्थाको हालसम्मको प्रगति विवरणका साथै एक वर्षको आर्थिक हिसावकिताव प्रस्तुत गरे ।
सञ्चालनको छोटो अवधिमै लोकप्रिता कमाउन सफल एवीसीडी खवर डटकम अनलाइनले लोकप्रियता कमाउँंदै गएको तथ्यांक कुसीले प्रस्तुत गरे । उनले प्रस्तुत गरेको तथ्यांक अनुसार अनलाइन एक लाख ५० हजारले हेरेका छन् । यसको दैनिक भिजिटर अहिले झण्डै पाँंच हजारको हाराहारीमा रहेको तथ्यांक उनले प्रस्तुत गरे । अहिलेसम्म यसको दैनिक भिजिटर दिनमा एक हजार पाँंच सयदेखि सात हजार पाँंच सयसम्म रहेको डाटा उनले दिए ।
पहिलो वार्षिकोत्सवको अवसरमा एवीसीडी अनलाइन खवर डटकमले विभिन्न अफरहरु ल्याएका छन् । त्यसमध्ये आवश्कता विज्ञापन निःशुल्क रुपमा राखिदिने योजना पनि सार्वजनिक गरेको छ । योजनाले बेरोजगारहरुले रोजगारीको अवसर मिल्ने विश्वास मिडियाले लिएको छ । कामको खोजीमा रहेका बेरोजगारहरुले एवीसीडी खवर डटकम अनलाइन हेरेर कताकता जनशक्ति आवश्यक छ भनेर बुझ्न पाउने भई रोजगारी पाउने विश्वास मिडियाको हो । यो योजना आगामी तीन महिनासम्म रहने छ ।
‘एवीसीडी खवर हामी सवैको खवर’ नाराका साथ सञ्चालित एवीसीडी खवर डटकम अनलाइन कुनै पनि राजनीतिक दल निकट नरही स्वतन्त्र रुपमा सञ्चालित अनलाइन हो । सञ्चालनको छोटो अवधिमै यो अनलाइनले आफनो परिचय बनाउन सफल भएको छ । स्वच्छ र स्वतन्त्र पत्रकारितालाई अंगालेका कारण यसको लोकप्रियता दिनदिनै वढ्दो पनि छ ।
यो अनलाइन दुई जना पीएचडीरत डाक्टर, दुई जना पत्रकार, दुई जना कम्प्युटर इन्जिनियर अनि बाँंकी तीन जना आआफनो क्षेत्रमा सफलता हासिल गर्न सफल नौ जना व्यक्तिहरुको संयुक्त लगानीमा सञ्चालित छ । यो नाफा नलिने उद्देश्यका साथ सञ्चालित अनलाइन हो ।
‘एवीसीडी खवर हामी सवैको खवर’ नाराका साथ सञ्चालित एवीसीडी खवर डटकम अनलाइन कुनै पनि राजनीतिक दल निकट नरही स्वतन्त्र रुपमा सञ्चालित अनलाइन हो । सञ्चालनको छोटो अवधिमै यो अनलाइनले आफनो परिचय बनाउन सफल भएको छ । स्वच्छ र स्वतन्त्र पत्रकारितालाई अंगालेका कारण यसको लोकप्रियता दिनदिनै वढ्दो पनि छ ।
यो अनलाइन दुई जना पीएचडीरत डाक्टर, दुई जना पत्रकार, दुई जना कम्प्युटर इन्जिनियर अनि तीन जना आआफनो क्षेत्रमा सफलता हासिल गर्न सफल नौ जना व्यक्तिहरुको संयुक्त लगानीमा सञ्चालित छ । यो नाफा नलिने उद्देश्यका साथ सञ्चालित अनलाइन हो ।