मध्यपुरका मेयरको नेतृत्वमा पत्रकारहरुसँंग सम्पदा पदयात्रा
साउन १, २०७८, शुक्रबार | विहान ०७:३२ बजे | 35
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा पत्रकारहरुसँंग सम्पदा पदयात्रा गरिएको छ । पदयात्राको नेतृत्व मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठले गरेका थिए । पदयात्रा मध्यपुर थिमिको शंखधर चोकबाट सुरु भएको थियो । पदयात्रा बोडेमा पुगेर टुंगिएको थियो । पदयात्राका क्रममा नगरपालिकाले गरेको विभिन्न सम्पदा पुननिर्माणकाबारेमा पत्रकारहरुलाई जानकारी गराइएको थियो । यस क्रममा नगर प्रमुख श्रेष्ठले जनप्रतिनिधिको आवागमनपछि नगरमा पोखरी १५, इनार २०, मन्दिर २३, ढुंगेधारा २६, पाटी ३७, बिहार ५, पार्क १३ वटा र दरबार ३ वटा निमार्ण तथा जिर्णेद्धारा गरिएको जानकारी दिए ।