एमालेको अमात्य प्रतिष्ठान हलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने
साउन १, २०७८, शुक्रबार | विहान ०२:५५ बजे | 35
काठमाडौं । एमालेको स्थायी कमिटी बैठक बस्दै छ। आज (शुक्रबार) विहान ११ बजे बैठक बस्ने भएको जनाएको छ। बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी गराए।
उनका अनुसार प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा
पार्टीको आधिकारिक धारणाबारे आजको बैठकमा छलफल हुनेछ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका थिए।सर्वोच्चले उक्त विघटनलाई बदर गरिदिएको छ। पुनस्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते दिउँसो ४ बजे बस्दैछ।